• १० वैशाख २०८२, बुधबार

नयाँघरेलाई सम्मान

blog

काठमाडौँ, वैशाख १० गते ।  नियात्राकार युवराज नयाँघरेलाई थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित गरिएको छ । थाई नेपाली सङ्घ, बैङ्कक शाखाले आयोजना गरेको कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तरसंवादसमेत भएको थियो । 

समारोहमा अशोक घिमिरे, दीपा राना, तिलक पोख्रेल, रित निरौला गुरागाईं, कोमल भट्टराई, राज पौड्याल, गङ्गा बस्नेत, भारती अधिकारी, विना ढकाल, करुणा भुजेल, लोकेन्द्र ओलीलगायतले आफ्ना रचना र विचार प्रस्तुत गर्नुभएको थियो । नियात्राकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताउनुभयो ।