ज्येष्ठ नागरिकको निःशुल्क आँखाको उपचार
१७ वर्षअघि जिल्लामा स्थापना भएको आँखा उपचार केन्द्रबाट ज्येष्ठ नागरिकको उपचारमा सहज हुँदैगएको छ । आँखा उपचार केन्द (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) ले स्थानीय तहसँग सहकार्य गरेपछि ज्येष्ठ नागरिकले निःशुल्क र सहज उपचार पाएका छन् ।
माण्डु हाइड्रोपावरको उत्पादन बन्द
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको उत्पादन बन्द भएको छ।
बागलुङमा चङ्गा चेट
बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो ।
भीमफेदी दुर्घटना अपडेट : ३१ जना डिस्चार्ज
हेटौँडा–काठमाडौँ छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ ।
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
बसको सिसा लागेर घाइते बालिकाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइतेभएकी एक बालिकाको उपचारको क्रममा मृत्युभएको छ ।
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् ।
भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु
त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा घाइते हुनुभएकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
बुलबुले ताल
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले ताल । यहाँ तालमा दैनिक मोटरबोट सञ्चालनमा आएको छ ।
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।
धान खेतबाट अजिङ्गरको उद्धार
कैलालीको भजनी नगरपालिका–२ स्थित धान खेतबाट दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) को उद्धार गरिएको छ ।
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
माटाका भाँडा बनाएर आत्मनिर्भर बन्दै उज्याला
माटाका भाँडा बनाएर सानोतिनो खर्चका लागि कसैको मुख ताक्नु नपर्ने अमरपुरकी उज्याला कुमाल बताउनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरकी उज्याला कुमालले आफूहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने कार्य सङ्कटमा पर्न लागेकाले समयमा सिप सिकेर आत्मनिर्भर बन्न थालेको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन् , मासु खान समस्या छैन : पशु चिकित्सक
पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
मदन भण्डारी राजमार्गको मोरङ खण्ड निर्माणमा स्थानीय सहयोग आवश्यक
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार मदन भण्डारी राजमार्गको मोरङ खण्डको निरीक्षण गर्नुभएको छ । कतै रुख कटान हुन नसकेर, कतै चौडाइका विषयमा विवाद भएर र कतै मुद्दा परेर राजमार्ग निर्माण
फूल खेतीमा रमाउँदै महिला
मोबाइलमा टिकटक, फेसबुक र युट्युब चलाएर समय गुजार्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिला फूलखेतीमा रमाउन थालेका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन बढाउन फूल खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो ।
दसैँले एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।
अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।
जनकेन्द्रित विकासका पक्ष
सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प नेपालको संविधानको प्रस्तावनामा
दसैँमा पनि सुनसान सुनचाँदी पसल
दसैँका बेला सधैँ जसो भिडभाड हुने न्युरोडका सुन पसल सुुनसान छन् । जताततै सामान किन्नेको चहपहल छ तर सुन पसलमा भने ग्राहक देखिँदैनन् । दसैँमा कारोबार बढ्ला भन्ने आसमा बसेका व्य
फूलपाती भित्र्याउनुको अर्थ
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट शारदीय नवरात्र प्रारम्भ हुन्छ । नवरात्रको पहिलो दिन (घटस्थापना) को जस्तै सप्तमी तिथिको अत्यधिक महत्त्व रहेको पाइन्छ । सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्रीस्व
जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेट
विसं २०२९ मा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी करिब २० लाख लिटर क्षमताको सिँचाइ पोखरी फुटेपछि जीर्ण बनेको १५ वर्ष भयो तर मर्मत गर्ने कुनै सुरसार भएन । सङ्घीयतापछि बल्ल थोरै भए पनि बजेट विनियोजन भएपछि यसलाई बहुउपयोगी बनाउने सोच अगाडि सारिएको छ ।