साङ्केतिक भाषामा सिकाइ
मातृभाषा पहिलो भाषा हो । यसलाई आमाबुबाको जिब्रोको बोली र मूल भाषा पनि भनिन्छ ।
मेचीनगरका खाद्य उद्योगलाई रु ५० हजार जरिवाना
झापा, वैशाख १३ गते । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ ।नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा उपभोग्य मिति गुज्रिएको पास्ता, सुजी र मैदा भेटिएको थियो ।उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितमाथि खेलवाड गरेको अभियोगमा रु ५० हजार जरिवाना गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । जरिवाना तिरेपछि अबोप्रान्त लापर्वाही नगर्ने शर्तमा नगरपालिकाले अनुगमनको क्रममा उद्योगमा लगाएको ताला खोलिदिएको छ ।नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज नेपाल प्रालिसमेतमा अनुगमन गरिएको बताउनुभयो ।सरसफाइमा ध्यान नदिइएको पाइएका कारण नन्दा फुड इन्डस्ट्रिजका सञ्चालकलाई सचेत गराएर उद्योगमा सरसफाइको व्यवस्था मिलाउन निर्देशन दिइएको खाद्य विश्लेषक कार्कीले जानकारी दिनुभयो ।यसैबीच, नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मेचीनगरको १५ वटा सहकारी संस्थामा स्थलगत अनुमगन गरेको छ ।सहकारी समन्वय समितिको सचिवसमेत रहनुभएको नगरपालिकाका अधिकृत कार्कीले १५ सहकारीमा अनुगमन गर्दा सहकारी मूल्य र मान्यता पालना नगरेका आठ वटालाई सुध्रिनका लागि सुझाव दिइएको बताउनुभयो । समितिले मेचीनगर–१० को लङ्कासरी महिला संवृद्वि बहुउद्देश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ ।यसैगरी, मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को वौद्धमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था र मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको छ ।अनुगमन गरिएकामध्ये आठ वटा सहकारीमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा नराखेको, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृति भएको पत्र नराखिएको, मासिक रिपोर्ट नबनाइएको, सूचना पार्टीनराखिएको, तोकिएको अवधिमा साधारणसभा नगरिएको, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था नगरिएको पाइएको थियो ।सहकारी अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सदस्य सचिव कार्की रहनुभएको थियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय सरकारलाई उपभोक्ताको अधिकार सुरक्षित गर्नका लागि अनुगमनको अधिकार दिइएको हुँदा बजार, सहकारी र अन्य क्षेत्रको अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउने बताउनु भएको छ ।मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक सङ्गीता साह, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, मेची उद्योग बाणिज्य सङ्घका सदस्य विष्णु बुढाथोकीलगायत प्रहरीको सहभागिता रहेको थियो ।
सिनेमा हल व्यवसायको फड्को
नेपालमा सिनेमा हलहरूको राम्रो विकास हुने वातावरण बन्न सक्यो भने हजारौँ मानिसका लागि रोजगारीको ढोका खोल्न सकिन्छ तर राज्यले उचित सहयोग नगर्दा यो क्षेत्र अहिले जर्जर अवस्थामा छ ।
आजको मौसम पूर्वानुमान: यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली
काठमाडौँ, वैशाख १३ गते । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
ललितपुर सिटी र पोखरा थन्डर्सबिच उपाधि भिडन्त
ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसल) को उपाधि रक्षाबाट एक खेल टाढा छ ।
हङकङमा ‘एभरेस्ट म्युजिक नाइट’
हङकङमा ‘एभरेस्ट म्युजिक नाइट २०२५’ सम्पन्न भएको छ ।
आफैँले डिजाइन गरेको पहिरनमा फेसन सो
रुपन्देहीको सैनामैना नगरपालिकाका महिलाले फेसन डिजाइन तालिम सिक्दै फेसन सो गरेका छन् । सैनामैना–१ देखि ११ वटै वडाबाट महिलाले आफैँले सिलाएको कपडा आफैँले लगाएर फेसन सो गरेका हुन् ।
कतै बग्गी, कतै हेलिकोप्टर
वैशाख महिना विवाहको मौसम ! तर अहिले विवाहको शैलीमा जताततै परिवर्तन आएको छ ।
चैते धान रोप्ने क्षेत्रफल घट्दै
गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस वर्ष गुल्मीका कृषकहरूले ३०२ हेक्टर क्षेत्रफलमा चैते धान रोपेका छन् ।
भाटभाटेनी र बिगमार्टलाई एमआरपी राख्न निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी र बिगमार्टलाई अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल राखेर मात्रै सबै वस्तुको कारोबार गर्न निर्देशन दिएको छ ।
‘पूर्वाधारमा लगानी बढाउन वैकल्पिक विकास वित्त’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताउनुभएको छ ।
सहकारी क्षेत्रको समस्या समाधानमा सरकार संवेदनशील
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार संवेदनशील भएर काम गरिरहेको बताउनुभएको छ ।
असी प्रतिशत डिजेल पाइप लाइनबाट
मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ । नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल आउने गरेको हो ।
सत्ता साझेदार शीर्ष नेता एकमत
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताले दुई दलबिच भएको सहमति अनुसारै सरकार अघि बढ्ने प्रस्ट पार्नुभएको छ ।
मन्त्रीलाई कुराएर फर्किए शिक्षक
बिहीबार मात्रै कार्यभार समाल्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक विज्ञप्ति जारी गरेर शुक्रबार आन्दोलनरत शिक्षकलाई वार्ताका लागि औपचारिक आह्वान गर्नुभयो । सोही आह्वान अनुसार मन्त्रीलाई भेट्ने बहानामा शिक्षकका प्रतिनिधि वार्तामा बस्न तयार भए ।
मकैको खोस्टा र थाकलको पातबाट आत्मनिर्भर बन्दै महिला
बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिलाले सुकेको मकैका खोस्टा र वन जङ्गलमा पाइने थाकलको पातबाट फूल लगायत विभिन्न आकर्षक सामग्री बनाएर आत्मनिर्भर बन्दैछन्।
बिक्न छाडे हस्तकलाका सामग्री
एउटा ढाकाको साडी बनाउँदा १५ दिन बित्छ । बिक्री भएमा पाँचदेखि १५ हजार आउने हो । तान र हातले काम गर्दा समय धेरै खर्च हुन्छ । तर, बलियो र गुणस्तरमा कुनै समस्या हुँदैन ।
‘बिदा कटौती गरेर पठनपाठनमा परेको असर भर्पाई गरिने’
विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौँमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् ।
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु
बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक जनाको युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हेटौँडा अस्पतालमा ओपिडी सेवा बन्द हुँदा समस्या
बागमती प्रदेश सरकार मातहतमा रहेको हेटौँडा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा सर्वसाधारण नागरिक मारमा परेका छन् ।
पर्यटन प्रवर्धन गर्न हेटौँडा-सौराहा साइकल यात्रा
अनिल पराजुलीहेटौँडा, वैशाख १२ गते । पर्यटन प्रवर्धनका लागि हेटौँडादेखि चितवनको सौराहासम्म साइकल यात्रा गरिएको छ । शुक्रवार बिहान बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले हेटौँडाको बुद्ध चोकमा साइकल चढेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । साइकल यात्रा वनस्खण्डी मन्दिर, भुटनदेवी मन्दिर हुँदै हेटौँडाको बुद्ध चोकबाट मनहरी र लोथरबाट भित्र छिरेर जङ्गल राइड हुँदै करिब ७२ किलोमिटरको यात्रातय गरेर सौराहा पुगेर शनिवार समापन हुनेछ ।पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका पाँचसय ६१ जना साइकल यात्रीले सहभागिता जनाउनुभएको कार्यक्रम संयोजक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। यात्रामा १४ वर्ष भन्दा बढी उमेर समूहका साइकल यात्रीको सहभागिता रहेको हेटौँडा साइकल सिटीका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिनुभयो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, साइकल सिटी हेटौँडाको समन्वयमा तथा स्थानीय तह र सङ्घसंस्थाको सहयोगमा साइकल यात्रा भएको हो । हेटौँडा–सौराहा साइकलयात्रमा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।पछिल्लो समय मकवानपुरमा नियमित साइकल यात्रा गर्नेको सङ्ख्या दुइसयबढी रहेको छ । स्वास्थ्यका लागि साइकलप्रति यहाँ आकर्षण बढ्दै गएपनि छुट्टै साइकल लेनको अभाव रहेको छ । केही समयअघि हेटौँडा उपमहानगरपालिको आर्थिक सहयोगमा हेटौँडाको बुद्ध चोकबाट राप्तीरोड, उद्योग वाणिज्य सङ्घ चोक र कान्तिलोकपथ तर्फ साइकल लेन निर्माण गरिएपनि त्यसको प्रयोग हुन नसकेको हो । सडक साँघुरो भएका कारण साइकल लेनमा सवारी साधन पार्किङ हुने गरेको छ ।
बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ ।
औलो रोगको जोखिम कायमै
नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखेपनि औलो रोगको जोखिम कायमै छ ।
दुईसय केजी माछा नष्ट
इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रबार बिहान नियन्त्रणमा लिएको मुङ्ग्री माछा नष्ट गरेको छ । प्रहरीले शुक्राबार बिहान दुईसय केजी मुङ्ग्री माछा नियन्त्रणमा लिएको थियो ।