• १२ वैशाख २०८२, शुक्रबार

मनाइयो पुस्तक दिवस

blog

कास्की समाचारदाता

कास्की, वैशाख १२ गते । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पोखरामा पुस्तक आदानप्रदान गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा ३० जनाले पुस्तक साटासाट गरेका थिए । 

युनेस्कोले सन् १९९५ मा विश्वभरका लेखकलाई प्रेरित गर्दै लेखकको सम्मानस्वरूप हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो । विश्वभरिका शैक्षिक, व्यावसायिक तथा वाङ्मयिक संस्थाले पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी आदि कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् ।