नदीजन्य पदार्थ उत्खननका लागि सिफारिस
दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ ।
बराह ताल र हिमालको प्रतिविम्ब
म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिविम्ब (छायाँ) ।
पालिकामा हुलाक, घट्दै सेवाग्राही
पाल्पाका आठ वटा स्थानीय तहमा पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालय खारेज गरिएपछि पाल्पाका आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
पुल बनेपछि स्थानीय खुसी
रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
पूरा भयो बस चढ्ने सपना
बाजुराको पूर्वोउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना पूरा भएको छ ।
अघि बढेन पुनर्निर्माण
मनसुनजन्य विपत्बाट घरबास गुमाएका सिन्धुपाल्चोकका प्रभावितको निजी आवास चार वर्षसम्म पनि बन्न सकेका छैनन् । २०७७ सालदेखि घरबास गुमाएर विस्थापित भएका परिवारको अहिलेसम्म निजी आवास बन्न नसकेको हो ।
पुर्खाको सिप छोडेर भारततर्फ
पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ ।
डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
करारमा कर्मचारी नियुक्ति गर्दा एक करोड खर्च
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को (८) मा नगर प्रहरी, सवारीचालक, बगैँचे, प्लम्बरलगायतका पद तथा सेवाबाहेक करारमा अन्य कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था छैन ।
नैतिकता र स्वतन्त्रताको मूल्य
स्वतन्त्रता सीमारहित हुँदैन । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रता हाम्रो अभीष्ट होइन ।
युरोजोनमा सन् २०२५ मा खतराका लक्षणका साथ आर्थिक वृद्धि केही बढ्ने
युरोपेली आयोगले शुक्रबार युरोजोनमा अर्को वर्ष आर्थिक वृद्धि केही बढ्ने र मुद्रास्फीति घट्दै जाने भविष्यवाणी गरेको छ । यद्यपि आयोगले भू–राजनीतिक तनावसँग जोडिएको बढ्दो जोखिमको चेतावनी दिएको छ ।
जीवनी पढ्दा बहुआयामिक फाइदा
हिजोआज धेरै व्यक्तिले आफ्नो आत्मवृत्तान्त लेख्ने गरेका छन् ।
जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धूमधामका साथ मनाइएको हो ।
एमाले इलाम अध्यक्षमा बराल निर्वाचित
नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ ।
विकासको पहिलो सर्त भाषा
धेरै भाषिक समुदायमा विभक्त हाम्रो देशमा युग अनुसार शिक्षाको विकास हुन नितान्त आवश्यक छ ।
सामाचकेवाको पौराणिक सन्देश
लोकजीवनको दर्शन मौलिक भेष, भाषा, रहनसहन, कला तथा परम्परागत गीतमा गर्न सकिन्छ ।
भुजेल साहित्यमा विमर्श
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ’मातृभाषा साहित्यको १६ औँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।
‘आधा मुटु’ सार्वजनिक
अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेतृ गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ ।
‘ह्रस्व दीर्घ’ प्रदर्शनमा
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको चलचित्रले द्वन्द्व, प्रेम र सामाजिक कथालाई मुख्य विषय बनाएको छ ।
लामाको ‘दुःखी आत्मा’
चलचित्र ‘दुःखी आत्मा’ को प्रदर्शन मिति तय भएको छ ।
ब्रान्डले बनेका उद्यमी, चितवनको मिठो तास
चितवन जानुहुन्छ ? तासबारे कति थाहा छ ? खेल्ने होइन नि खाने तास ।
निगमको ‘न्यारोबडी ग्राउन्डेड’ हुँदै
विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ ।
नेता र निर्वाचनमा खर्चले क्रसर व्यवसायमा समस्या
क्रसर व्यवसायीको छाता सङ्गठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको बर्दीबासमा वार्षिक साधारण सभा तथा राष्ट्रिय अधिवेशन शुक्रबार सुरु भएको छ ।