इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल बैंकलाई व्यवस्थित गर्न गभर्नर अधिकारीको निर्देशन
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकलाई व्यवस्थित गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिनुभएको छ।
उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ ।
शुद्धोधनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलबस्तुको शुद्धोधन गाँउपालिका-१ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
उपनिर्वाचन : कांग्रेसद्वारा कोशीमा नौ र गण्डकीमा एक जना उम्मेदवार चयन
नेपाली कांग्रेसले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कोशी प्रदेशमा नौ र गण्डकी प्रदेशमा एक जना उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।
‘अख्तियारका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ’
गृहमन्त्री रमेश लेखकले कानुन निर्माणलाई तीव्रता दिन विधायकी चरणलाई समय सीमाभित्र बाँध्न प्रस्ताव गर्नुभएको छ ।
डिग्रेमेला भर्न दर्शनार्थीकाे भिड
रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ थर्पुस्थित डिग्रे मन्दिर परिसरमा लागेको डिग्रेमेला भर्न आएका दर्शनार्थी र मेलामा लाठी (सगाल) नाच प्रस्तुत गरिएको छ ।
रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो
सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ ।
आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।
‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उहाँले भन्नुभयो, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।”
स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।
हुर्रा नृत्यको संरक्षणमा जुट्दै युवा
मगर जातिको सांस्कृतिक हुर्रा नृत्यको संरक्षण गर्न युवापुस्ता लक्षित गरि धरानमा हुर्रा कार्यक्रम गरिएको छ ।
नवलपुरमा ४५ प्रतशित मुद्दा सम्बन्ध विच्छेदका
नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा वृद्धि भएको छ।जिल्ला अदालतमा दर्ता भएकामध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिनुभयो।
दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उहाँलाई रोक्न सक्छ ।
प्रदेशको शिक्षा नीतिबारे बहस
शिक्षा क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायबारे शैक्षिक बहस गरिएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी ‘शिक्षा नीतिमा बाल सवाल’ विषयक बहस गरिएको हो ।
काँग्रेस–एमालेप्रति नै जनताको विश्वास र भरोसा : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले नेपाली काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीका तर्फबाट आगामी मङ्सिर ७ गते काठमाडौँमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
अयोध्याबाट आउने जन्तीकाे स्वागतमा जुट्दै पालिका
जनकपुरमा हुने विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीहरुको स्वागतको तयारीमा महोत्तरीको मटिहानी, जलेश्वर तथा पिपरा पालिकाहरु लागिपरेका छन् ।
सभापति देउवाद्वारा असिउ देउताको पूजा
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अढाइ दशकपछि आफ्नो गाउँको मन्दिर असिग्राम असिउमा पुगेर दर्शन गर्नुभएको छ ।
डिग्रे मेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णाली प्रदेशकै धार्मिक स्थलका रुपमा परिचित डिग्रे मेलामा शुक्रबार मेला हेर्न आएका सर्वसाधारण ।
पूर्णिमा मेला : कमला नदीमा भक्तजनको घुइँचो
पूर्णिमा अवसरमा कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।
उपनिर्वाचन : मोरङको ग्रामथानमा निर्वाचन कार्यालय स्थापना
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मोरङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो ।
रामघाट मेलामा भक्तजनको घुइँचो
कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। शुक्रबार वाणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीबार रातिदेखि हजारौँ भक्तजन उपस्थित भएका हुन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्।
एमालेले मङ्सिर ७ मा जनजागरण सभाको आयोजना गर्ने
नेकपा एमालेले आगामी मङ्सिर ७ गते भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्ने भएको छ । बागमती प्रदेश इन्चार्ज एवम् जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले मङ्सिर ७ गते एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु मुख्य आयोजक, विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन, सम्पर्क समन्वय समिटी र विभागहरुको सहभागितामा भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।