आकाशमा एक थोपै बादल छैन । घाम चाहिँ छ भनुँ कि छैन भनुँ ! घाम तुवाँलोको सघन जङ्गलभित्र हराइरहेको थियो । कुनै बच्चा मृग झाडीभित्र हराए झँै र मौसमले आफूलाई उदेकलाग्दो आवरणमा अभिव्यक्त गरिरहेको प्रतीत हुन्थ्यो ।
‘खै, कता जानु भो ?’ अचानक सुनियो एक आवाज । ‘खै, खै ! कता जानु भो, भो !’ तत्क्षण दोस्रो आवाजको अवतरण भयो । ‘अहिलेसम्म त यहीँ हुनुहुन्थ्यो । यहीँ वरपर । एक छिनमै गायब ! यस्तो कसरी हुन सक्छ ?’ तेस्रो अनुहारले विस्मित् भाव पस्किँदै भने, ‘ऊ त्यो पर्तिरको ज्याकरान्डाको फेद छ नि, हो त्यही रुखको फेदमुनि केही समय टहलिनु पनि भएको थियो । तर... तर...।’ चौथोले थपे, ‘हो, हुनुहुन्थ्यो । त्यही रुखको फेदमुनि सुस्ताउँदै आफ्नो पुरानो डायरी पल्टाएर केही लेख्दै पनि हुनुहुन्थ्यो । देखेको थिएँ मैले पनि । अहिले कता जानु भो, भो ! कुनै अत्तोपत्तो नै भएन ।’
प्रथमदेखि चतुर्थ पङ्क्तिका पात्रहरूले एकै समय आकाशतिर नियाले, घाम अझै उही र उस्तै हालतमा थियो । पूरै निरीह र आभाविहीन ।
सिङ्गो दृश्य÷परिदृश्य असहज भाव भङ्गीसहित बदलिए । एकाध क्षणअघिको उष्ण कटिबन्ध पर्यावरण एकाएक समशीतोष्ण प्रदेशमा रूपान्तरण हुन पुग्यो । नाजबाफ थिए सबै । सबैका ओठ बन्द । कसैले सोधे के जबाफ दिने ? कसरी टालटुले भाषाको सूत्रपात गर्ने ? सबैका अनुहारलाई अन्योलका तप्त लाभाले गलाइरहेको थियो । ‘हैन, एकछिन अघिसम्म त हामीसँगै हुनुहुन्थ्यो । उहाँले दुवै हात हावामा उचाल्दै जोडदार रूपमा भट्याउँदा हामीले जिन्दावाद–मुर्दावादको नारा कति गजबले घन्काएका थियौँ । अहाँ ! उहाँको भट्याइमा जादु नै थियो भन्या ! हरे शिव ! कहाँ जानुभयो अचानक... ?’ मरन्च्याँसे अनुहारका एक व्यक्तिले अप्ठ्यारो गरी सुस्केरा हाल्दै भने ।
‘त्यही त भन्या... । हाम्ले पनि ।’ भनुँ कि नभनुँ झैँ गर्दै अर्काले भने । ‘हामी पनि चकित भयौँ । कहाँ जानुभयो,
भयो !’ एक जना हृष्टपुष्टवालाले मोटो गर्दनको मासु हल्लाउँदै भने, ‘यसरी हाम्लाई अलपत्र पारेर हिँड्ने मान्छे त हैनन् उहाँ । कुनै विशेष काम परेर पो हो कि ?’ ‘हैन, अचेल यस्ता मान्छेहरूलाई विशेष– विशेष ठाउँबाट फोन आउन थालेको छ भन्ने सुन्या थेँ । उहाँलाई पनि कतै विशेष ठाउँबाट फोन आएर...?’ आंशिक व्यङ्ग्य–बिज उमार्दै एक जनाले भने । ‘अहिल्यै त्यस्तो नराम्रो नसोची हालौँ ।’ अर्कोले भने, ‘यो विशेष बेला हो । कतैबाट बोलावट भएर जानुभएको पनि हुन सक्छ । मौकामा हिरा फोर्न तम्सिएका पनि हुन सक्छन् ।’ अर्काले झन् तगडा व्यङ्ग्य पस्किँदै भने, ‘अरू बेला जाबो एउटा कीरा मार्न नसक्नेले यस्तो सङ्कटपूर्ण घडीमा हिरा फोर्ने साहस कसरी उमार्न सक्लान् र ! वाहियात कुरो !’ उनीहरूका संवाद सुनिरहेकाहरूले हास्य लहरलाई पछ्याए । अत्युत्तम हाँसो । उनीहरूका हाँसोसँगै खोला छेउमा टर्टराउने अभ्यासमा जुटेका भ्यागुताको बथानले आफ्नो टर्टराउने अभियान अचानक स्थगित गरे । र, खोलाका ढुङ्गाहरूका कापमा लुक्न पुगे । कुनै युद्धग्रस्त भूमिका नागरिकहरू बङ्करभित्र लुके झैँ । त्यस्तै त्यस्तै भनौँ !
त्यस दिन अचम्मै भयो । पूरै अकल्पनीय । करिब ३०÷४० जना निकटस्थ कार्यकर्तामाझ घनीभूत ढङ्गले नाराजुलुस उरालिरहेका बेला उनी अचानक गायब हुन पुगेका थिए । न पिसाब फेर्ने बहाना, न अरू कुनै जरुरी बैठकादिको बहाना । उनी नमज्जाले गायब भएका थिए, तारामण्डलबाट कुनै मृतप्रायः तारा गायब भए झैँ ।
‘उनी हाम्रो भरोसा ।’ प्रथम आवाज सुनियो ।
‘हाम्रो आशा ।’ सुनियो द्वितीय आवाज पनि ।
‘हाम्रो स्वप्न हुन् उनी ।’ तृतीय आवाजले झनै, आफूभित्र मुर्झाउँदै गएको आशावादको बेर्नालाई तीव्र रूपमा मलखाद र पानी हालेर हुर्काउँदै भने ।
‘हाम्रो... हाम्रो...। उनी हामीबाट हराउन सक्दैनन् । कदापि हराउन सक्दैनन् ।’ त्यो स्थल भिडमा समवेत् आवाज गुन्जियो, ‘हामीलाई धोका दिएर उनी यो आन्दोलनबाट टाढा जान सक्दैनन् । उनी हाम्रो मियो हुन् । मियो कहिल्यै पनि दायाँबायाँ हुन सक्दैन ।’
‘इतिहासमा थुप्रै राम्रा र असल व्यक्तिहरू गद्दार भएर निस्किएका छन् ।’ एक जनाले मधुरो प्रतिवाद गर्दै भने,
‘गद्दार हुन कुनै समय लाग्दैन । केही क्षणमा नै गद्दारको उद्भव हुन्छ । गद्दार जन्मिनमा निम्ति कुनै साइत जुराइरहनु पर्दैन र गद्दारको कुनै चिना–टिपन पनि हुँदैन ।’
‘हाम्रा नेताको बारेमा यति छिट्टै नचाहिँदो टिप्पणी नगरिहालुम् ।’ अर्कोले अलि असामान्य रूपले प्रतिवादको लयमा भने, ‘के उहाँ जस्ता नेताले गद्दारहरूका इतिहास पढ्नुभएको छैन होला र ? गद्दारहरू कति चाँडै धुलोमा मिल्छन् भन्ने कुरा उहाँ जस्ता राजनीतिका कुशाग्र, बुद्धिमानी र इमानदार नेताले नबुझ्नुभएको होला र ? हामी जस्ताले आशा र भरोसा गरेका उहाँप्रति यस्तो अपशकुन सोच्न पनि बेकार छ ।’ ‘हेर्दै जाऊँ । हामी यस्ता थुप्रै दृश्यहरू हेर्न निकै अभ्यस्त भइसकेका छौँ ।’ कलेटी परेको एकथान ओठ टोक्दै नितान्त अर्कै अनुहारले मुख खोले ।
पार्टीभित्र अस्वाभाविक र अन्तहीन तरिकाले चर्किएको औ चम्किएको विवाद पूरै उत्कर्षमा थियो । विवादले निष्कर्षरूपी कुनै छेउटुप्पा फेला पार्न सकिरहेको थिएन । दुई शीर्ष नेताबिच सिद्धान्तको कथित भोटो पहिरेको लफडाले सिङ्गो पार्टी पङ्क्तिलाई तरङ्गित मात्र तुल्याएको थिएन, कार्यकर्ताहरूसमेत खोलाको दुई किनारमा उभिएका थिए । पूरै कित्ताकाट । चरम गुटबन्दी । दुई शीर्ष नेताबिच रिस, राग, द्वेष, कलह, अनुदार–प्रवृत्ति छिपछिपे पानी–आश्रित हिउँदको खोला छेउमा झाँगिएका वनमारा झैँ झाँगिएका थिए । अतः कार्यकर्ता पङ्क्ति त्यो कल्कलाउँदो वनमारारूपी अन्तरद्वन्द्वलाई फाँडफुँड गर्नेमा भन्दा पनि मलखाद र पानी हाल्नमै तल्लीन देखिन्थे ।
प्रारम्भकालीन अवस्थामा त विरोध र नारा–जुलुस पार्टी कार्यालयको प्राङ्गणभित्र मात्रै खुम्चिएको थियो । तर त्यो नारा, जुलुस बिस्तारै मध्यबर्सादको खहरे झैँ गड्गडाउन थाल्यो र त्यसको अनपेक्षित प्रवाहले सिङ्गो सडकलाई अपत्यारिलो रूपले स्पर्श गर्न पुग्यो । विरोधरूपी बाढीले पूरै सडकमा गिर्खा ढुङ्गा र लेदो माटो थुप्रिएको हुँदा सडक अकलात्मक र अशोभनियसमेत देखिन पुग्यो ।
असन्तुष्टहरूका स्वर सुनिन्थ्यो, ‘हाम्रा नेतालाई अपमान नगर । हामी अपमानित भएर बस्न सक्दैनौँ । अपमानित हुनका लागि यो पार्टीको झोले भएका होइनौँ हामी ।’ सन्तुष्ट–पक्षीय आवाज गुन्जिन्थ्यो, ‘हाम्रा नेतालाई काम गर्न दे । सुखी र समृद्धि निर्माणका लागि अघि बढेका हाम्रा नेतालाई कुनै अवरोध नगर । हामी सबैलाई सुखी र समृद्ध तुल्याएरै छाड्छौँ ।’ सन्तुष्ट पक्षधरका नेता प्रधानमन्त्रीको कुर्सीमा आसिन थिए । असन्तुष्ट पक्षधरहरू ओर्लिएका थिए सडकमा र उनीहरू सडक तताउने उपव्रmममा मग्न थिए । सन्तुष्ट पक्षधरहरू भन्थे, ‘पार्टीभित्रको मुद्दा सडकमा छताछुल्ल पोख्नु जायज होइन । यो पार्टीको अनुशासनभन्दा बाहिरको कुरा हो । पार्टीभित्रको मुद्दा पार्टीभित्र नै सल्ट्याउनु पर्छ ।’ असन्तुष्टहरू भन्थे, ‘बिरालोलाई ढोका थुनेर चुट्न थालेपछि नराम्रो परिणाम आउँछ भन्ने बुझ्नुप¥यो नि ! हामीलाई ढोका थुनेर चुट्न खोजेपछि सडकमा आएका हौँ, बाध्य भएर । हाम्रो जाने ठाउँ नै सडक हो, सडक अहिले ।’
त्यस पार्टीभित्र विवादको पयो कहिल्यै नटुङ्गिने गरी बाँटिँदै गयो । लामो, झन् लामो । मोटो पनि त्यति नै । सडक आन्दोलन पनि तीव्र । एक दिन असन्तुष्ट पक्षधरले घोषणा गरे, ‘अब हाम्रो आन्दोलन प्रधानमन्त्री हटाउनेमा केन्द्रित हुने छ । हामी देशैभरिका जनतालाई काठमाडौँमा उतार्छौं ।’
‘के यो सडक तिमीहरूको मात्रै हो ? हामी पनि आफ्नो प्रधानमन्त्रीको पक्षमा सडक ढाक्ने गरी जनतालाई उतार्छौं ।’ सन्तुष्ट पक्षधरहरूको तर्क थियो, ‘यही हो कुकुरलाई घिउ नपचेको भनेको ! हाम्रो पार्टीको नेता प्रधानमन्त्री बनेपछि देश विकासले बल्ल लय समात्न थालेको छ । तीव्र गतिमा विकास, निर्माणका कामहरू भइरहेका छन् । अपुरा योजनाहरूका काम पनि धमाधम सुरु भइरहेका छन् । देशले अभूतपूर्व रूपमा फड्को मार्न लागिरहेको छ । यस्तो बेलामा तिमेरु घाँटीमा अड्किएको हड्डी साबित हुन खोज्दै छौ ।’
‘निर्लज्ज प्रधानमन्त्री राजीनामा दे !’ सडकमा समवेत् नारा लाग्ने व्रmम जारी नै रह्यो । मूल काण्ड त फाटिएको छँदै थियो, व्रmमशः शाखा–प्रशाखाहरूमा पनि फाटो आउँदै गयो । पहिले एउटै पङ्क्तिमा उभिएकाहरूबिच तुष, कटुता र शत्रुतापूर्ण व्यवहारले स्थान लिन पुग्यो । एउटै पार्टीभित्र यसरी, अकल्पनीय रूपमा धाँजा फाट्ला भन्ने कल्पनासमेत गर्न सकिएको थिएन । उचाल्नेहरू थिए टन्नै । उचालुहरूका कुनै कमी थिएन । कमीकमजोरी भने थियो होला ! सन्तुष्ट–असन्तुष्ट दुवै पक्षलाई उचालेर आफ्नो स्वार्थरूपी टपरीलाई सपक्कसँग सिन्काहरूले बुन्ने र सोहीअनुरूप सोझ्याउनेहरू सव्रिmय थिए । एउटा छट्टु स्यालको कथा पुनः लोकार्पण हुन पुगेको थियो– ‘एउटा छट्टु स्यालले जङ्गलका दुई चलाख जन्तु फ्याउरो र ब्वाँसोलाई ‘मामा’ भनी सम्बोधन गथ्र्यो । एक पटक त्यो स्याल फ्याउरोकहाँ गएछ र भने छ, ‘मामा ! तपाईंलाई त त्यो ब्वाँसोले त्यति नगन्दो रहेछ । तपाईंलाई त नानाभाँती भन्दो रहेछ । खुद मैले हिजो सुनेँ ।’
फ्याउरो व्रmुद्ध । अर्को दिन, त्यो छट्टु स्याल ब्वाँसोकहाँ गएछ र भनेछ, ‘हेर्नुस् मामा ! त्यो फ्याउरो त निकै चढेको रहेछ । तपाईंलाई त मान्दै, नमान्दो रहेछ । त्यसले तपाईंलाई इङ्गित गर्दै ‘त्यसको यो जङ्गलमा के हैसियत छ ?’ भनेर मलाई भन्दै थियो । तपाईंलाई नानाथरि भन्दा मैले त सुन्न पनि सकिनँ । कानै बन्द गरेँ, भन्या !’ ब्वाँसो व्रmुद्ध । फ्याउरो र ब्वाँसो मैदानमा उत्रिएछन् र आआफ्नो शक्ति परीक्षण गर्न लागे छन् । छेउमा उभिएर रमिता हेरिरहेको स्यालले भने छ, ‘जित्यो हाम्रो मामाले जित्यो !’
फ्याउरो र ब्वाँसो दुवै श्यालका मामा । दुवै आफूले नै जितिरहेको विभ्रमको बाक्लो झाडीमा फसे । निस्किनै नसक्ने गरी । अन्ततः दुवै समाप्त भए ।
त्यस पार्टीमा पनि दुवै नेतालाई उचाल्ने र स्वार्थको पगरी गुथ्ने स्यालहरूका कमी थिएनन् । उचालिरहे आआफ्ना मामाहरूलाई । मामाहरू पनि भान्जाहरूले उचालेपछि किन उचालिँदैनन् थे’र ? ‘ट्वार्र.. ट्वार्र..।’ असन्तुष्ट पक्षका तर्फबाट सडक आन्दोलनको नेतृत्व गरिरहेका ती नेता÷सांसदको मोबाइल बज्यो । बजिरह्यो केही समयसम्मै । जबसम्म उनले उठाएनन्, बजिरह्यो निरन्तर । मोबाइल बज्दा उनी आफ्नो प्रिय डायरी पल्टाएर भोलिपल्टको कार्यतालिका कोर्न व्यस्त थिए । ‘सांसदज्यू नमस्कार । म प्रधानमन्त्रीको स्वकीय सचिव बोलेको हुँ । तपाईंलाई प्रधानमन्त्रीज्यूले तुरुन्तै, अहिल्यै भेट्न चाहनुभएको छ ।’ स्वकीय सचिवले भने, ‘अहिले बोलाइएको एउटा महìवपूर्ण मिटिङसमेत क्यान्सिल गरेर तपाईंलाई कुरेर बसिरहनुभएको छ ।’ ‘अँ, अँ... ए हो र ?’ आन्दोलनको नेतृत्व गरिरहेका असन्तुष्ट नेताले भने । ‘हो, तुरुन्तै आइहाल्नुप¥यो तपाईं । अहिल्यै...।’ स्वकीय सचिवको स्वर हडबडाएको देखिन्थ्यो ।
‘म त अहिले उहाँकै विरुद्धमा सडकमा नारा–जुलुस लगाइरहेको छु ।’ ती सांसदले लाचार हुँदै भने, ‘म आन्दोलनमा उत्रिएका अरू साथीहरूलाई त्यत्तिकै अलपत्र रूपमा छाडेर कसरी आउन सक्छु र ?’ आफ्नो डायरीलाई अझ कसिलो गरी च्याप्दै थिए उनी । ‘तपाईंसँग विशेष काम छ रे ! आन्दोलन छाडेर तुरुन्तै आइहाल्नुप¥यो ।’ स्वकीय सचिवले अनुरोध गर्दै भने ।
‘हस्, हस् ।’ ती नेता÷सांसद आन्दोलनको नेतृत्व गर्न छाडेर एकाएक सडकबाट अलप भए । त्यसरी अलप त औँसीको रातमा चन्द्रमा पनि हुँदैथ्यो, जसरी ती नेता भए ।
‘खै, कता जानु भो ?’ एक जनाले सडकको दायाँ–बायाँ आँखा दौडाउँदै भने ।
‘खै, खै । कता जानु भो, भो !’ अर्कोले थपे ।
जेठ–असारतिर कार्यतालिकाबमोजिम मनसुन भित्रिए झैँ कार्यकर्ता पङ्क्तिमा पनि होहल्ला भित्रियो । आन्दोलनको नेतृत्वकर्ता अकल्पनीय रूपमा हराएका थिए । बिनासूचना, बिनाजानकारी । हठात् रूपमा । केही क्षणअघिसम्म सडकमा चर्को स्वरमा नारा उराल्ने कार्यकर्ताहरू सडकमै बेवारिसे बन्न पुगेका थिए । राति ८ बजे टेलिभिजनबाट मुख्य समाचार प्रसारण भइरहेको थियो । समाचारमा भनिरहेको थियो, ‘आज प्रधानमन्त्रीले नेपालको संविधानको धारा यति, उपधारा यतिबमोजिम मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रीमण्डलको भौतिक पूर्वाधारमन्त्रीमा श्री विश्वासनाथ पाण्डे नियुक्त हुनुभएको छ । आजै मन्त्री पाण्डेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । यो प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गरेको चौथो पटक हो । यसअघि गएको फागुनमा... ।’
अहिले ती नेता/सांसदको निकटस्थ रहेका र सडक आन्दोलनमा दिनरात नभनी जुर्मुराएका कार्यकर्ताहरू टेलिभिजनमा उनले पद तथा गोपनीयताको शपथ लिइरहेको समाचार हेरिरहेका छन् । तर उनीहरू त्यो समाचार हेर्दा खुसी होइन, नितान्त शोक मनाइरहेका छन् ।
अहिले रात परिसकेको छ । क्रमशः छिप्पिँदै पनि छ । भोलि आकाश खुल्ने हो वा होइन ? बादल फाट्ने हो वा होइन ? वा घाम तुवाँलोमुक्त हुने हो वा होइन ? सबै अन्योलग्रस्त छन् । मधुपर्क