काठमाडौँ, चैत २४ गते । फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । लिगमा ६ खेल अघिनै च्याम्पियन बनेको पिएसजीले शनिबार राति भएको खेलमा एन्जर्सलाई १–० गोलले हरायो ।
फ्रेन्च महारथी पिएसजीले कीर्तिमानी १३औँ पटक लिग वान उपाधि जितेको हो । पिएसजीको जितमा डेजिरे डुएले ५५औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
जितसँग शीर्ष टोली पीएसजीले २८ खेलबाट ७४ अङ्क बनाएको छ । अपराजित पीएसजीले २३ जित र पाँच खेलमा बराबरी नतिजा आत्मसाथ गरेको छ ।
पराजित एन्जर्स २७ अङ्कसहित १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोको समान खेलबाट ५० अङ्क पुगेको छ । एजेन्सी