• २५ चैत २०८१, सोमबार

अर्को कथाको प्रतीक्षामा (कथा)

blog

देशकै प्रतिष्ठित संस्थाको प्रेक्षालयको मञ्च विभिन्न ध्वजापताकाले सजिसजाउ थियो । लाग्थ्यो यस वर्षको सर्वोत्कृष्ट कथाकार यही मञ्चबाट घोषणा गरिँदै छ । मानिस आवतजावत गरिरहेका थिए । उनीहरू उत्कृष्ट कथाकारको घोषणाको व्यग्र प्रतीक्षामा थिए । म त्यही प्रेक्षालयको एउटा कुनामा बसेर नयाँ नयाँ अनुहार नियालिरहेको थिएँ । सबै जना आआफ्नै समूहमा खासखुस गरिरहेका थिए । 

विस्तारै दर्शकदीर्घातिरका बत्ती निभ्न थाले । मञ्चको एउटा कुनातिर फ्ल्यासलाइट केन्द्रित हुन थाल्यो । कार्यव्रmमको औपचारिकता सुरु भयो आसनग्रहणबाट । सभापति, प्रमुख अतिथि, निर्णायक मण्डल, संस्थाका कार्यकारिणी समितिका पदाधिकारीलगायतका महानुभावलाई आसनग्रहण गराइयो । कार्यव्रmमको सुरुमा संस्थाका सचिवले अतिथिलाई स्वागत गर्दै कार्यव्रmमको उपादेयता, संस्थाको सङ्क्षिप्त परिचयसहित विषयवस्तु प्रस्ट्याए । 

प्रतियोगिताको बारेमा जानकारी गराउँदै विजयी साहित्यकारको घोषणाका लागि निर्णायक मण्डलका अध्यक्ष मञ्चमा बोलाइए । स्रोता दीर्घामा सन्नाटा छायो । सबै सबै नतिजाको पखाइमा थिए ।  

निर्णायक मण्डलका अध्यक्षले भने, “प्रतियोगितामा दुई हजार साहित्यकारका रचनाहरू प्रतियोगीका रूपमा सहभागी थिए । पहिलो चरणमा उत्कृष्ट एक सय वटा कृति छनोटमा परेका थिए । निर्णायक मण्डललाई उपलब्ध गराइएका सयमध्ये उत्कृष्ट दस कृति दोस्रो चरणमा छनोटमा परेका थिए । तीमध्येबाट यस वर्षको सर्वोत्कृष्ट कृतिका लेखक थिए विनोद । यति सुन्दर र उत्कृष्ट कथा लेख्ने कथाकार विनोदजीलाई बधाई छ ।” 

पररर तालीको आवाज निस्कन थाल्यो ।

सबैका आँखा विनोदको खोजीमा भौँतारिए । त्यसैबिच एक जना चट्ट कोट, पाइन्ट र टाइमा सजिएका व्यक्ति मञ्चतिर उक्लिए । 

विनोदको नाम सुन्नेवित्तिकै मेरो मुटुमा सियो रोपे जस्तो भयो । छाती ढक्क फुलेर आयो । आँखाका डिल रसाउन थाले । खल्तीबाट रुमाल निकालेर पुछ्न थालेँ । आँखा त पुछेँ तर मुटुमा रोपिएको सियोले घोचिरह्यो । आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको थियो । मैले जे गरेको थिएँ त्यो मेरो बाध्यता थियो । मेरो परिवारको सुखका लागि मैले त्यसो गर्नुपरेको थियो । म सम्हालिन खोज्दै थिएँ । 

प्रमुख अतिथिले विनोदलाई अबिर र माला लगाइदिए अनि सम्मानपत्र दिए । पचास हजार रुपियाँको बन्द खाम पनि दिए । उनले विनोदको लेखनीको प्रशंसा गरे, तारिफ गरे, बधाई दिए ।

उपस्थित व्यक्तिहरूले विनोदलाई खादा लगाइदिँदै बधाई दिए । उनको ललाट रङ्गियो । गला भरियो । फोटा खिचिए । बधाईको गुञ्जन चारैतिर फैलियो । एउटा कुनामा खासखुस सुनियो, “पचास हजार भएको भनिएको खाम त सानो पो छ त । खाली छ कि क्या हो ।” अर्कोले भन्यो, “यो पाउन पनि दुई लाख रुपियाँ तिरेको रे ।” मेरो मन अमिलो भयो । पैसाले किनिएको सम्मान ।

संस्थाका अध्यक्षले धन्यवाद मन्तव्य दिँदै भने, “धेरै धैरै बधाई छ विनोदजी, लगनशील र परिश्रमी कर्मको सम्मानस्वरूप यो पुरस्कार तपाईंलाई दिइँदै छ । यसले संस्थाको गरिमा पनि बढाएको छ ।” मलाई जुरुक्क उठेर केही भन्न मन लाग्यो । सम्झिएँ, म त केवल दर्शक र स्रोता मात्र हुँ । म त भाडाको 

लेखक पो त ।

सामान्य परिवारमा जन्मेको म एक्लै हुँदा त जेनतेन जीवन चलेकै थियो । बाआमाको रहर, सामाजिक जिम्मेवारी र रीतिस्थितिले गर्दा मेरो विवाह भयो । मेरो जिम्मेवारी बढ्दै गयो । छोराछोरीको मासिक पढाइशुल्क र सहरको बसाइले मलाई भित्रभित्रै गालिसकेको थियो । 

सानै उमेरदेखि केही घटना पाएमा त्यसलाई जोरजाम गरेर कथा लेख्ने बानी थियो मेरो । मेरा कथा पढेर धेरैले तारिफ गरेका थिए । कतिले त लेखेर राख्ने मात्र होइन प्रकाशन गर न भन्थे । आफ्नो व्यथा आफैँलाई थाहा थियो । कहाँ कृति प्रकशित गरेर कीर्ति कमाउने । प्रकाशन गर्न त पैसा चाहिन्छ । मैले कथा लेख्दै डायरीका पाना भर्दै गएँ । एकादुई साथीलाई कथा सुनाउथेँ र वाहवाह बटुल्थेँ । त्यत्ति थियो मेरो सन्तुष्टि ।

एक दिन मेरा मित्रले विनोदलाई मकहाँ ल्याई चिनापरिचय गराए । उनी लेखक बनेर छिट्टै प्रसिद्धि कमाउने दाउमा रहेछन् तर कलम फिटिक्कै नचल्ने । उनीसँग पैसा भने प्रशस्त रहेछ । 

विनोदले भने, “तपाईंले राम्रो कथा लेख्नुहुँदो रहेछ । तपाईंलाई निक्कै गाह्रो छ भन्ने पनि सुनेँ । तपार्इंलाई पैसाको खाँचो मलाई मानसम्मानको । एउटा राम्रो कथासङ्ग्रह तयार गरिदिनुहोस् । म तपाईंलाई सहयोग गर्छु ।” 

सहरमा पैसा कमाउने अनेक उपाय रहेछन् । 

सहरमा ताल तालका मानिस हुने रहेछन् । कथा बेच्न पाइने । किन्ने मान्छे पनि । 

एक मनले सोचेँ सिर्जना बेच्नु हुँदैन । आफँै प्रकाशन गर्छु । अर्को मनले सोचेँ । कृति प्रकाशन गर्नलाई त पैसा चाहिन्छ । कति खर्च गरेर कृति प्रकाशन ग¥यो बेच्नै गाह्रो । मानिसले किताब किनेर पढ्नै छाडे । झन् साहित्यका किताब त कसले किनेर पढ्ने ? कति मेहनत गरेर लेख्यो, कति खर्च गरेर प्रकाशन ग¥यो सित्तँैमा बाढ्नु पर्छ । फेरि घरव्यवहार सम्झेँ । जता पनि प्वाल नै प्वाल । टालौँ कि क्या हो । मसँग कला छ, उनीसँग पैसा ।

पैसाको मोलमोलाई हुन थाल्यो । पचास हजार दिन उनी राजी भए । मैले पनि अहिलेको गर्जो टार्ने निर्णय गरेँ ।

डायरीका पाना पल्टाउँदै कथा सङ्कलन गर्न थालेँ । सत्र वटा कथा तयार भए । तिनलाई पढेँ, पुनः पढेँ, पुनः संशोधन गरेँ । निकै राम्रो कथासङ्ग्रह तयार भयो । आफ्नै नाममा प्रकाशित गर्न मन लाग्यो तर... पचास हजारको कुरा थियो ।

कथाहरू उनको हातमा थमाइदिएँ । उनले पनि मेरो हातमा पचास वटा हजारका नोट थमाइदिए । म अलमलमा परेँ । कतिखेर मेरो सिर्जना कतिखेर नोटको बिटो हेर्दै गरेँ । म पश्चात्तापमा जलिरहेको थिएँ तर के गर्ने बाध्यता यस्तै थियो । 

छ महिना भएको थियो कोठाभाडा नतिरेको । भाडा तिर्न नसक्ने भए कोठा खाली गरिदिनु भनिएको थियो । सरासर घरभेटी बा भएको ठाउँमा गएँ र कोठाभाडा तिरेँ । छोराछोरीको स्कुलमा गएँ । फिस तिरेँ । पसलमा गएँ । छ महिनासम्म उधारो खाएको हिसाब गरेँ । तिरेँ । पुस्तक पसलमा गई छोराछोरीका लागि किताब, कापी र कलम किनिदिएँ । धेरै पहिलेदेखि एउटा पुस्तक मेरो लागि नकिनी भएको थिएन । त्यो पनि किनँे । बाँकी रहेको पैसाले मेरी श्रीमतीलाई एउटा धोती र चोलो किनिदिएँ । मेरो पाइजामा फाटेको थियो । टालेरै काम चलाउने विचार गरेँ । 

मेरो परिश्रम र मेहनतलाई विनोदले उचित सम्मान दिएछन् भनेर चित्त बुझाएँ । सोचे भगवान्ले किन यति धेरै अन्याय गरेका होलान् । सिप हुनेसँग पैसा छैन पैसा हुनेसँग सिप छैन । यदि मसँग पैसा भएको भए आज मेरा कथाहरू मेरै नाममा छापिन्थे । मेरा कथाले समाज बदलिन सक्थ्यो । मलाई पनि यो दुनियाँले चिन्न सक्थ्यो । उफ ! आज पेट भर्न र छोराछोरी पाल्न, पढाउन आफ्नो सिर्जनालाई मोलमोलाई गरी बेच्न बाध्य भएँ । यति सिर्जना गर्ने क्षमता पनि मसँग नभएको भए !

विनोदले कथासङ्ग्रह प्रकाशित गरेछन् । पुस्तक छाप्नका लागि पनि प्रकाशकलाई पैसा नै तिर्नु प¥यो भन्दै थिए उनी । पुस्तक छापिएर बजारमा आयो तर किनिदिने कसले । उनलाई ख्याति कमाउनु थियो, त्यसैले उनले भव्य ककटेल पार्टीसहितको विमोचन कार्यव्रmमको आयोजना गरे । त्यस कार्यव्रmममा मलाई पनि निमन्त्रणा थियो । गइदिनै प¥यो । गएँ पनि । त्यहाँ त नाम चलेका साहित्यकार भन्दा पनि उनका आफन्तजन र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । अझ अनलाइन मिडिया त छ्यापछ्याप्ती ।  अनलाइनमा खबर छापिन थाले । टेलिभिजनका स्व्रिmनमा विनोदकै खबर देखिन्थ्यो र सुनिथ्यो । उत्कृष्ट कथा, समाजलाई नयाँ मार्गदर्शन गर्ने नयाँ कृति, नयाँ पुस्तालाई प्रेरणा र हौसला दिने कृति भनेर । म यी सबै दृश्य र शब्दको प्रत्यक्ष साक्षी भएर हेरिरहेँ, केवल हेरिरहेँ । भोलिपल्टका छापा अखबारमा पनि त्यही विमोचनले ठाउँ पाएको थियो । 

विनोदले भन्थे, “के गर्ने प्रचारप्रसार त गर्नै प¥यो नि । यसमा मात्र मेरो एक लाख राशि लगानी परेको छ । पछि दुवै जना मिली उठाउनु पर्छ ।” 

विनोदलाई पुरस्कार पाएर प्रसिद्धि हुनुको धोको थियो । पुरस्कार दिने संस्थामा नौ सय नमस्ते बिसाए । कसैले पनि टेरेनन् ।  विनोद मसँग सल्लाह लिन आइपुगे । “लौ न साकारजी, पुरस्कारका लागि भनिदिनुप¥यो । बरु खर्च गर्न म तयार छु ।”  म यस्ता कुरामा विश्वास नगर्ने मान्छे । मैले सहयोग गर्न नसक्ने बताएँ । 

मानिस पैसा र सम्मानको पछि किन लाग्छ होला ? आखिर सामान्य रूपमा घरपरिवार चले त भइहाल्यो नि । जति नै पैसा भए पनि सुन खाने होइन क्यारे । फेरि के सम्मान र पुरस्कार किनेर पाइने कुरा हो र ! किनेर प्राप्त गरेको सम्मानमा पनि आत्मसन्तुष्टि हुन्छ र ! सम्मान लिनेले पनि सम्मानको सम्मान गर्न सक्नु प¥यो नि । धनीलाई मात्र यो समाजमा मानसम्मान चाहिने हो र ! गरिबलाई किन केही पनि छैन ? मनभित्र यस्ता कुरा सदैव मडारिरहन्छन् । तर के गर्नु मेरो सोचाइ, मेरो भावना जति नै उत्कृष्ट भए पनि समाज अर्कैतिर गइसकेको थियो । बुज्रुक वर्गको दिमाग सधैँ पैसाको मात्र कारोबार गरिरहेको अवस्था थियो । 

बजारमा पुरस्कार र सम्मान प्रशस्त भेटिन्थे । यो पाउनका लागि लगानी गर्न प¥यो नि ! 

एक दिन विनोदले फोन गरे र भने “साकारजी, तपाईंलाई धन्यवाद छ । भोलि मलाई सम्मान गर्ने तथा पुरस्कार वितरण कार्यव्रmम छ, तपाईं आइदिनुप¥यो ।”

मैले भनेँ, “ओहो ! विनोदजी यो त साह्रै खुसीको कुरा हो । बधाई छ । मलाई त जागिर जानु पर्छ नि ।”

विनोदले भने, “आउनै प¥यो ।”

मैले नाइँनास्ति गर्न मिलेन । “हुन्छ” भनिदिएँ । उनले ठेगाना र समय बताए । 

मनमनै लाग्यो धिक्कार छ तपाईंलाई पुरस्कारको इज्जत कसरी धान्नु हुन्छ । मलाई पुरस्कार दिने संस्थाप्रति पनि विश्वास घट्न थाल्यो । सबैले विनोदकै जस्तो गरी पुरस्कार पाएका त होलान् नि । हुन त कृति राम्रै थियो । धन्न यसले इज्जत बचायो तर पुरस्कार पाउन गरेको त्यो हर्कत सुन्दा म तीन छक्क परेँ ।

म तयार भएँ । उनी मेरै डेराछेउ आइपुगे र हर्न बजाए । म उनकै गाडीमा चढी कार्यव्रmमस्थल पुगेँ । हाइ, हेलो र नमस्कार गर्ने फुर्सद नै थिएन उनलाई । मेरा चिनजान, जानपहिचानका मानिस त त्यहाँ कोही पनि देखिएनन् । म भने एउटा कुनामा गएर बसेँ ।

“साकारजी !” म झसङ्ग भएँ । सामुन्नेमा विनोद रहेछन् । मैले पनि उनलाई बधाई दिन कन्जुस्याइँ गरिनँ । उनी साह्रै खुसी देखिन्थे । जीवनकै ठुलो सम्मान थियो उनका लागि ।  कोही खाजा खाँदै थिए । कोही विनोदलाई बधाई दिँदै थिए । सबै विनोदकै मानिसहरू । सबै खुसी देखिन्थे, कोही सम्मान पाएर कोही खान पाएर ।

विनोदका आफन्तहरू विस्तारै बिदा माग्दै बाहिरिए । हल सुनसान हुँदै थियो । म पनि जानुप¥यो भन्ने सोचेँ । विनोदसँग बिदा मागे । 

विनोदले बिदाइको हात हल्लाउँदै भने, “अर्को कथाको प्रतीक्षामा ।” मधुपर्क