आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक
सशस्त्र प्रहरी बल नेपाल [एपिएफ] र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ ।
वैदेशिक रोजगारीका सेवा विस्तारको तयारी
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी सबै इजाजतवाला सेवा प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेको छ ।
ब्याजदर घट्दा पुराना ऋणीलाई हर्ष न बिस्मात
कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ ।
घट्यो ब्याजदर
वाणिज्य बैङ्कहरूले मङ्सिरका लागि निक्षेपमा दिने ब्याज दर घटाएका छन् । कात्तिकमा बैङ्कको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकामा मङ्सिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
कफीको नयाँ मूल्य निर्धारण
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । शनिबारदेखि लागु हुने गरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो ।
वर्ल्डलिङ्कले तिर्यो दुई अर्ब पन्ध्र करोड
लामो समय सुल्झिन नसकेको दूरसञ्चार सेवाबापतको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत बुझाउनुपर्ने रकम दाखिला हुन सुरु भएको छ
आजको मौसम: कोशी र गण्डकी प्रदेशका हल्का वर्षाको सम्भावना
हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली बिजुली पुग्यो बङ्गलादेश
करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ ।
कानुन निर्माण ढिलाइमा मन्त्रीकै असन्तुष्टि
सरकार र संसद्बाट कानुन निर्माण प्रक्रियामा भइरहेको ढिलाइमा बहालवाला मन्त्रीले नै असन्तुष्टि जनाउनुभएको छ ।
उपनिर्वाचनको सरगर्मी : अझै उम्मेदवार तोक्न बाँकी
स्थानीय तह उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले अधिकांश उम्मेदवारको टुङ्गो लगाएका छन् ।
इन्टरपोलको सूचीमा ३३८ नेपाली
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो ।
भेडा जुधाएर बहादुरी प्रदर्शन
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा स्थानीय मेला सुरु भएको छ । जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
धनगढीमा मनाइयो शैलेश्वरी जाँत
कैलालीको धनगढीमा आज शैलेश्वरी जाँत (जात्रा) मेला मनाइएको छ । धनगढी उपमहानगरपालिका –९ गौरीपुर (सालघाडी) मा रहेको शैलेश्वरी मन्दिरमा जाँत मनाइएको हो ।
घोराहीमा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप
दाङको घोराहीमा प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सुरु भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको सहयोगमा च्याम्पियनसिप सुरु भएको हो ।
खेलकुद प्रतियोगितामा महिला समूहको पञ्चेबाजा
दाङको तुलसीपुर उपमहानगरपालिका ४ मा आयोजित वडास्तरीय खेलकूद प्रतियोगितामा आज स्थानीय पैरवी महिला समूहले प्रस्तुत गरेको पञ्चेबाजा ।
मधेश प्रदेशका खेलाडीलाई डेढ लाख दिने घोषणा
सन् २०२५ को फेब्रुअरीमा हुने १९ वर्ष मुनिका महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिताका लागि पहिलो पटक छनौट भएका नेपाली महिला क्रिकेट टोलीमा सहभागी मधेश प्रदेशका खेलाडीहरुलाई मधेश प्रदेश सरकारले पुरस्कार स्वरुप एक लाख ५१ हजार रुपियाँ दिने घोषणा गरेको छ ।
पत्रकारिता केन्द्रीय विभागमा ‘मिडिया टक सेरिज’
पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागले मिडिया टक सेरिज २०२४ सुरु गरेको छ । विभाग अन्तर्गत अध्ययनरत दर्शनाचार्य दोस्रो सेमेस्टरका विद्यार्थीले विभागको सहकार्यमा सो सेरिज सुरु गरेका हुन् ।
चिच्याएर वर माग्न भक्तजनको भिड
चिच्याएर वर माग्नका लागि पाल्पाको सत्यवतीमा भक्तजनको भिड लागेको छ । चार दिन अघिदेखि लागेको वर माग्ने मेलामा सहकारी हुन लाखौँ भक्तजन सत्यवती पुगेका छन् ।
‘प्रमुख दुई दल दृढतापूर्वक उभिँदा अन्यौलता हट्यो’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख दलहरु दृढतापूर्वक उभिएका कारण राजनीतिक अन्यौलताको अन्त्य भएको बताउनुभएको छ ।
लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने
कैलालीको घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिरमा यस वर्ष विवाहपञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको हो।
राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्ने सहमति भएको छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमति भएको बताउनुभएको छ।
‘चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट’
हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।
भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो।
अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।