कोकिला ढकाल
इलाम, चैत १८ गते । यही चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रर्दशनमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई निशाना बनाएको घटनाको विषयमा नेपाल पत्रकार महासङ्घ इलामले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
महासंघ शाखा अध्यक्ष भीम चापागाईं नेतृत्वको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । महासङ्घले एक ध्यानाकर्षण पत्र बुुझाउँदै तीनकुने घटनामा जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुुरेश रजकको हत्यामा संलग्न दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ ।
यसै घटनामा परी घाइते पत्रकारहरूको उपचार गर्न, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्थाको प्रवन्ध मिलाउन आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुुनी कठघरामा उभ्याएर सञ्चार माध्यम र सञ्चारकर्मीको सुुरक्षाको उचित प्रवन्ध मिलाउन महासङ्घ जोडदार माग गर्दछ, उल्लेख गरिएको छ ।
सातादिन भित्र महासङ्घका माग सम्बोधन हुुने विश्वसनीय आधार तयार गर्न पनि सरकारसँग जिल्ला प्रशासन कार्यालय मार्फत माग गरिएको छ । नत्र महासंघले सरकारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।