• २० चैत २०८१, बुधबार

‘राम्रो कार्य दिन’ मा खुसी बाँड्ने प्रयास

blog

तुलसी फाउन्डेसनमा बालबालिकालार्ई मिठा परिकारहरु खुवाएर उनीहरुसँग खुसी बाँड्ने प्रयास । तस्बिर : नेपालस्थित इजरायली दूतावास

गोरखापत्र समाचारदाता

 ललितपुर, चैत १८ गते । नेपालस्थित इजरायली दूताबासले ललितपुरको नख्खुडोलमा रहेको तुलसी फाउन्डेसनमा आश्रित बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि सोमबार विविध कार्यक्रम आयोजना गरेको छ । 

अंग्रेजी महिनाको मार्च ३१ तारिकका दिनमा मनाइने ‘राम्रो कार्य गर्ने दिन’ को अवसर पारेर बालबालिका र ज्येष्ठ नागरिकहरुमा प्रेम र दयाभावको विस्तारको गर्ने उद्देश्यले नेपालस्थित स्यालोम क्लबसँगको सहकार्यमा विविध कार्यव्रmम आयोजना गरेको हो । 

सो अवसरमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक ऐरी बास, उहाँँको परिबार, दूताबासका कर्मचारी र स्यालोम क्लबका सदस्यहरुले तुलसी फाउन्डेसनमा पुगेर बालबालिका र ज्येष्ठ नागरिकहरुलाई  विभिन्न कलाहरु सिकाउने, गीत सङ्गीतमा रमाउने र मिठा परिकारहरु खुवाएर उनीहरुसँग खुसी बाँड्ने प्रयास गरेको दूताबासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 


सो अवसरमा राजदूत स्मुलिक ऐरी बासले इजरायलले सन् २००७ देखि ‘गुड डिड्स डे’ को शुरुवात गरेको र हाल सात हजार स्वयंसेवकहरु विभिन्न गैर सरकारी संस्थामा आवद्ध भएर यस्तो कार्यमा लागिरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “यो वर्ष नेपाललगायत ११० भन्दा बढी मुलुकमा यस्तो असल अभ्यास भइरहेको छ । यसले विश्वभर मानवताको भावना जाग्रित गराउन सहयोग गर्ने विश्वास छ । यस्तो दिवसले असल कार्यमा सहकार्य गर्ने, स्वयं सेवामार्फत आफ्नो स्रोत साधन र विज्ञताको प्रयोगले अरुको जीवनमा थोरै भए पनि खुसी ल्याउने विश्वास गर्न सकिन्छ ।’’