विद्युतको लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी
गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्नुहुन्न ।
मध्यरातमा सारियो योजनाको सूचनापाटी
कपिलवस्तुको मायादेवी गाउँपालिका –१ को बरहीटोलमा एउटा साइनबोर्ड रहेको छ । सूचनापाटीअनुसार सो सडक स्तरोउन्नति हुनुपर्ने देखिन्छ । तर सडकमा काम भएको छैन । रातारात सूचनापाटी राखिएपछि स्थानीयले मिलेमतो भएको अनुमान गरेका छन् ।
बाँकेमा मिटरब्याजीविरुद्ध २० उजुरी
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ८ गतेसम्म २० जनाले उजुरी दर्ता गरेको जानकारी दिनुभयो ।
गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित
इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् ।
पाँच दलको बैठक आज
सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको औपचारिक प्रारूप तयार गर्न बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बस्ने तय भएको बैठक नेताहरूको व्यस्तताका कारण सारिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलबीच सिट सङ्ख्या बाँडफाँट गर्ने विषयमा औपचारिक निर्णय गर्नेगरी छलफल हुने बताउनुभयो ।
नौ किलो खपटासहित तीन पक्राउ
संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई दिनभित्र फोहोर व्यवस्थापन
उपत्यकाको सडक, चोक र गल्लीमा थुप्रिएको फोहोरको व्यवस्थापन अबको दुई दिनभित्र सकिने दाबी काठमाडौँ महानगरपालिकाले गरेको छ । सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका प्रमुख सरकारदीप श्रेष्ठले भन्नुभयो, “करिब दुई महिनादेखि थुप्रिएको फोहोरको जग भत्किसकेको छ । टेकु ट्रान्स्फर स्टेसनमा रहेका फोहरबाहेक अबको दुई दिनभित्रमा सडक, चोक र गल्लीका सबै फोहोरको सङ्कलन तथा व्यवस्थापन सम्पन्न हुनेछ ।”
८७ दलको दर्ता स्वीकृत
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको छ । आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो । आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ; जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।
दाङको पचपन्नझ्याले दरबार जीर्ण
भक्तपुरको ५५ झ्याले दरबारबारे इतिहासका पानामा पढ्न पाइन्छ तर दाङको ५५ झ्याले दरबारको कहीँकतै चर्चा भएको पाइँदैन । निजी स्वामित्वमा रहेको दाङको ५५ झ्याले दरबारका बारेमा न प्रचार भएको छ, न त अध्ययनका लागि कोही त्यहाँ पुग्ने गरेका छन् ।
गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार
तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो ।
गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच सुरक्षा अवस्थाबारे छलफल
गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ ।
स्वदेशमा बन्दैनन् प्रहरीले लगाउने पोसाक र सामग्री
नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक स्वदेशमा नबन्ने भएपछि सबै विदेशबाट ल्याउने गरिएको छ । केही सामान्य नेपालमा उत्पादित कपडाबाहेक सबै विदेशमा उत्पादित कपडाको पोशाक प्रयोग हुनेगरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।
दश जनाको परीक्षण गर्दा आठमा कोरोना पुष्टि
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका –४ को गोठेलबाडा गाउँमा दश जनाको कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ । सिङ्गो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन बिधिद्वारा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
२० वर्ष पुरानो माइक्रो बस कारबाहीका लागि पठाइयो
ट्राफिक प्रहरीले कारबाहीका लागि बीस वर्ष पुरानो माइक्रो बसलाई यातायात कार्यालय ललितपुर पठाएको छ । बा १ ज ५७७० नम्बरको माइक्रो बस जाँच गर्दा बीस वर्ष अवधि पुगेको देखिएकाले भदौ ६ गते ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात कार्यालय ललितपुरमा बुधबार पठाएको हो ।
ट्राफिक कारबाहीमा २२७ जना चालक
ट्राफिक प्रहरीले गरेको विशेष चकिङमा २२७ जना सवारी चालक कारबाही परेका छन् । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले गरेको विशेष सुरक्षा चेकिङमा बुधबार २२७ जना चालक कारबाहीमा परेको जानकारी दिनुभयो ।
दोलखामा अपराधिक घटनामा कमी
एक वर्षको अवधिमा दोलखामा समग्र अपराराधिक घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा गएको एक वर्षमा अपराधिक घटनामा कमी भएको हो ।
बेपत्ता भएका एक युवकको शव फेला
दोलखाको बिगु गाँउपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको ड्याममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
छाप्रोको बासमा बादी समुदाय
खाँडाचक्र नगरपालिका–१ को सडक छेउमा माटोको छाप्रो भएको एक घर छ । त्यही घरमा बस्दै आउनुभएका गंगा बादी आफ्नो नामको पुर्जाको खोजिमा हुनुहुन्छ । बिना प्रमाण भाडाको जमिनमा माटोको सानो छाप्रो हालेर बस्न थालेको २१ वर्षभयो ।
पाल्पामा छ हजार छ सय मतदाता थपिए
पाल्पामा छ हजार ६ सय नयाँ मतदाता थपिएका छन् । असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा छ हजार ६७० मतदाता थपिएका हुन् ।
तीन महिनादेखि इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द
उडान शुरु भएको छोटो समयमै इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको छ । पर्याप्त यात्रुको चाप हुँदाहुँदै तारा एयरले उडान भर्न छोडेपछि उडान शुरु भएको ६ महिना नपुग्दै सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको हो ।
काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनेका अनधिकृत संरचना भत्काइयो
काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।
नजिकिँदै तीज : टाढिदै मौलिकता, मौलाउँदै विकृति
नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।
राप्ती नदीमा नयाँ पुल निर्माण प्रक्रिया शुरु
बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई नेपालगञ्जसँग जोड्न राप्ती नदीमा नयाँ पुल निर्माण प्रक्रिया शुरु भएको छ ।
सभामुखको जवाफ एमालेको बटमलाइन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग छानबिन प्रक्रिया अघि बढाउनुअघि दुई प्रश्नको जवाफ सभामुखले नै स्पष्ट पार्नुपर्ने अडान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राखेको छ। उठाइएका प्रश्नमा सभामुखबाट जवाफ आएपछि मात्र बैठक सञ्चालनको कार्यविधि र कार्यतालिका निर्माणको कार्यसूचीमा प्रवेश गर्नुपर्ने अडान एमालेको छ। कार्यतालिका र कार्यविधि निर्माणसँग नै प्रश्न सम्बन्धित रहेको भन्दै एमालेले उक्त माग गरेको हो। एमालेको अडानका कारण महाभियोग सिफारिस समितिको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। कार्यविधि र कार्यतालिका निर्माण मङ्गलबारको बैठकको कार्यसूची थियो।