• ११ पुस २०८१, बिहिबार

दुई दिनभित्र फोहोर व्यवस्थापन

blog

काठमाडौँ, भदौ ९ गते । उपत्यकाको सडक, चोक र गल्लीमा थुप्रिएको फोहोरको व्यवस्थापन अबको दुई दिनभित्र सकिने दाबी काठमाडौँ महानगरपालिकाले गरेको छ । सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका प्रमुख सरकारदीप श्रेष्ठले भन्नुभयो, “करिब दुई महिनादेखि थुप्रिएको फोहोरको जग भत्किसकेको छ । टेकु ट्रान्स्फर स्टेसनमा रहेका फोहरबाहेक अबको दुई दिनभित्रमा सडक, चोक र गल्लीका सबै फोहोरको सङ्कलन तथा व्यवस्थापन सम्पन्न हुनेछ ।”

उहाँले अहिले दैनिक करिब २५० टिप्परभन्दा बढी फोहोरको व्यवस्थापनबिना अवरोध हुँदै आएको र बढीमा यो हप्ताभित्र सडकका सबै फोहोरको व्यवस्थापन सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार बुधबार २५८ टिप्पर फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिएको छ ।