समानुपातिक मतगणनाको काम सकियो, सात दल बने राष्ट्रिय दल
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
भारतलाई कूटनीतिक नोट
नेपाल सरकारले महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतीय पक्षबाट निर्माण भइरहेको पक्की संरचनाको सन्दर्भमा भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल सरकारका तर्फबाट काठमाडौँस्थित भारतीय दूतावासमार्फत महाकाली नदीमा निर्माण भइरहेको अवैध पक्की संरचनाको विषयमा भारत सरकारलाई कूटनीतिक नोट पठाइएको हो ।
हेलो सरकार कक्षमा दलको कार्यालय
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा थप भएका नयाँ राष्ट्रिय दल र अन्य दलसमेतका लागि सिंहदरबार परिसरमा रहेको हेलो सरकार कक्षमा संसदीय दलको कार्यालय निर्माण गर्ने भएको छ। सचिवालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहिलो तला माग गरे पनि मन्त्रालयहरूले संसद्लाई दिन अस्वीकार गरेपछि हेलो सरकार कक्षमा दलको कार्यालय व्यवस्थापन गर्न लागिएको हो। हेलो सरकार कक्ष उपयोग गर्न सिंहदरबार पुनर्निर्माण समितिले अनुमति दिइसकेको छ। हेलो सरकार कक्ष भने प्रधानमन्त्री कार्यालय परिसरमै सर्नेछ।
मेलम्ची समिति खारेजीको पुनरवलोकन हुने
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति खारेजीबारे सरकारले पुनरवलोकन गर्ने बताउनुभएको छ। उहाँले समितिको औचित्य र आवश्यकताबारे मुख्यसचिव तथा सरोकारवाला निकायका अधिकारीसँग छलफल गरी निर्णय लिने बताउनुभयो। काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको टोलीसँग प्रधानमन्त्री देउवाले मङ्गलबार समिति खारेज गर्ने निर्णय, त्यसको औचित्य तथा आवश्यकताबारे छलफल गरी निर्णय लिने बताउनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो।
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : निर्माण कार्य जारी
काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्षणलगायत स्थानीयको मागका कारण सो क्षेत्रमा द्रुतमार्गको काम अवरोध हुँदै आएकाले सो विवादित क्षेत्रमा तत्कालका लागि निर्माण कार्य यथावत् राखी अन्य स्थानमा कामलाई जारी राख्ने नेपाली सेनाले जनाएको छ।
उधारोमा बन्यो कर्णालीमा पुल
पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफँै खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।
प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ।
पाँचथरमा १५ वटा झोलुङ्गे पुल बनाइँदै
आर्थिक वर्षमा बनाइसक्ने लक्ष्यले निर्माण कार्य भइरहेको पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताउनुभयो।
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङको सुन्दरहरैचा १० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ ।
आचरण र व्यवहारमा सुधार गर्न प्रहरी प्रमुखको निर्देशन
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
मन्त्रिपरिषद् बैठकः मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको धारणा
मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको छ।
समानुपातिकको मतगणना बुधबार सकिने
निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।
जहाँ बालबालिका बोरा बोकेर विद्यालय जान्छन्
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्।
मेलम्चीको पानीलाई थप व्यवस्थापन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
समानुपातिकमा एमालेको अग्रता कायमै
प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ ।
दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन
गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलान्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरू फार्मभित्रै मर्न थाले ।
प्रत्यक्षतर्फ निर्वाचित एमालेका ४४ सांसद (सूचीसहित)
मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ।
पाँच वर्षपछि व्यवस्थापनको तातो
साढे तीन वर्षभन्दा बढी समयदेखि केशरमहलको मूलढोकासामुन्ने बेवारिसे बनाइएका कागजातलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बल्ल व्यवस्थापन गर्ने भएको छ। बारम्बार लैजान अनुरोध गर्दा पनि सम्बन्धित कुनै पनि सरकारी निकायले चासो नदेखाएपछि ती कागजात पुनर्निर्माण निर्माण कम्पनी आफैँले धुल्याइदिन खोजेको घटना सार्वजनिक भएपछि मन्त्रालयको ध्यान त्यसतर्फ आकृष्ट भएको छ। निर्माण कम्पनीले भने ‘साइट क्लियरेन्स’ गर्न ती कागजातलाई घाममा सुकाई पुनः बोरामा राखिदिन लागेको भनी आफूलाई बचाउ गरेको छ। यत्तिका समयसम्म पनि ती कागजात बेवारिसे बनाउनुमा शिक्षा मन्त्रालय मुख्य दोषी देखिन्छ।
भारतसँग कूटनीतिक समाधान खोजिने
सरकारले महाकाली नदीको धार परिवर्तन हुनेगरी बनाइरहेको संरचनाका सन्दर्भमा सरकारले भारतसँग कूटनीतिक संवाद अघि बढाउने प्रस्ट पारेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताउनुभएको हो। उहाँले भन्नुभयो, “केही समस्या छन् भने तिनीहरूलाई हामीले कूटनीतिक ढङ्गले हल गर्नुपर्छ, सरकारको धारणा त्यही नै हो।”
अनलाइन सुरक्षा नीतिमा जोड
महिला पत्रकारमाथि इन्टरनेटका विभिन्न माध्यमबाट हिंसा भइरहेकाले महिला पत्रकारका लागि अनलाइन सुरक्षा नीति बनाउनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूहले सोमबार राजधानीमा आयोजित ‘पत्रकार महिलाका लागि अनलाइन सुरक्षा निर्देशिका’सम्बन्धी अन्तिम चरणको छलफलमा सहभागी पत्रकार महिलाले यस निर्देशिका छिट्टै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोजिने
सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसिरहेका अव्यवस्थित बसोबासीको विकल्पसहित समाधान खोजिने बताउनुभएको छ । सहरी विकासमन्त्री चौधरीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउन पुगेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीसँगको भेटमा उहाँले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले समिति नै गठन गरी काम अगाडि बढाएको बताउनुभयो ।
निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित
चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ।
जनताको समस्या समाधानमा ध्यान दिन्छु : सांसद लेखी
नेकपा (एमाले) का नेता तथा सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका राजकुमार लेखीले जनताको आधारभूत समस्या समाधानमा आफूले ध्यान दिने बताउनुभएको छ । आज सोमबार यहाँ पत्रकारसँगको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सत्तारुढ दलको बैठक : थप एकताबद्ध भएर अघि बढ्ने निर्णय
सत्ता साझेदार दल जनता र मुलुकको हितलाई ध्यान दिँदै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको चार दल प्रमुखहरूको बैठकले सो निर्णय गरेको हो ।