जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन ६० महिला सेफुक्सुण्डोको पदयात्रामा
काठमाडौं, असार २२ गते। जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन्।आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो। साथसाथै फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो। फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पु¥याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राख्नुभयो। मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गर्नुभएको थियो।कार्यक्रमका विशेष अतिथि एवं सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राख्नुभयो। उहाँले कालापत्थर यात्रादेखि फुक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताउनुभएको थियो।साथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिनुभयो।“यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो”, अध्यक्ष कार्कीले कार्यक्रममा भन्नुभयो, हामी घर, घरमा बसेर, आ–आफ्नो पेशा व्यवसाय अगालेर बसेका नारी जलवायु परिवर्तनका मुद्दामा, जलवायु न्यायको मुद्दामा, महिलाको जनजीवनमा परेको अप्ठेरोको विषयमा हिँड्दै समस्या सुन्दै सुनाउँदै अघि बढिरहेका छौँ।यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, सञ्चारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ। हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ। साथसाथै संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।साथै हरेक वर्षको नारी दिवसको दिन कालापत्थर वा सगरमाथा हिमालय क्षेत्रमा जलवायु न्यायको मुद्दा बोकेर पदयात्रा गर्ने निर्णयसमेत गरेको छ। यसअघि भएको कार्यक्रमको प्रभावकारिता र सन्देशले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो।गत मार्चको कालापत्थर कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, प्रकृति संरक्षण कोष, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य थियो। फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ।कालापत्थर अभियानकै निरन्तरतास्वरुप आगामी अक्टोबर ८ देखि १४ सम्म पदयात्रासहितको विशेष कार्यक्रम हुन लागेको हो। ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको हो।“हामी हाम्रा हिमाल, पहाड, खोलानाला, जङ्गलमा देखिएका समस्या विश्वलाई सुनाउन चाहान्छौँ। नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहान्र्छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो। फुक्सुण्डो कार्यक्रममासमेत वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्ने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, टानका अध्यक्ष खुमबहादुर सुवेदीसहितले उक्त अभियानमा आफूहरूको सक्रियसाथ हुने दृढता राख्नुभएको थियो। रासस
निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको र त्यसकालागि करिब १० अर्व रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेश गरेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर २ गते सिफारिस
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारलाई आगामी मभङ्सिर २ गते एकै चरणमा गर्नेगरी मिति सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै सो मिति सिफारिस गरेको हो ।
जन्मसिद्धका सन्तानलाई नागरिकता दिइने : नेता महतो
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता तथा सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुराको जानकारी गराउनुभयो ।
अर्थमन्त्रीको राजिनामा बटमलाइन : नेता भट्टराई
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभएको छ ।
चट्याङ लागेर दुई महिला घाइते
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ मा चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । मंगलबार परेको चट्याङ लागेर सुर्किमारे गाउँका ४६ वर्षिया लक्ष्मी ओली र बोहरा गाउँका ३० वर्षिया कौशिला महतारा बोहरा घाइते हुनुभएको हो ।
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै
कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ ।
वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागि समेत थप सहज बनाइदिएको छ ।
चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा
पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ ।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम पुनः सुरु
पूर्वको लाइन पश्चिममा लैजान महत्वपूर्ण मानिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम पुनः सुरु हुनेभएको छ । यस खण्डमा दुई वटा टावर राख्न नदिने अघिल्लो अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले निरन्तरता नदिई रिट नै खारेज गरेपछि काम सुरु हुने भएको हो ।
पदाधिकारी छान्ने जिम्मा प्रचण्डलाई
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताउनुभएको छ । मङ्गलबार खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले सहमतिका आधारमा पदाधिकारी चयन गर्ने सहमति गरेको थियो । मङ्गलबार बस्नुपर्ने केन्द्रीय समितिको बैठक त्यसैका लागि स्थगित गरिएको थियो । बुधबार १ बजे सुरु हुने कन्द्रीय समितिको बैठकमा अध्यक्षले पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको नामावली प्रस्ताव गर्नुहुनेछ ।
तालाका कारण परीक्षा स-यो
मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिन कार्यालयमा विद्यार्थीले लगाएको तालाका कारण त्रिभुवन विश्वविद्यालयले यसअघि निर्धारण गरेको ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए)को परीक्षा तीन दिन पछि सरेको छ । उक्त कार्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) ले गत जेठ १९ गते ताला लगाएको थियो ।
मातृभाषा पत्रकारितालाई सहयोग गर्न आग्रह
बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गर्नुभएको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको भन्दै सो क्षेत्रमा कार्यरत पत्रकारले सरकारसँग सो माग गर्नुभएको हो । नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार यहाँ आयोजना गरेको मातृभाषा पत्रकारिता दिवस कार्यक्रममा मातृभाषी पत्रकारले सो माग गर्नुभयो ।
जलवायु परिवर्तनको असर कम गर्न नीति कार्यान्वयनमा जोड
काठमाडौं, असार २१ गते। जलवायु परिवर्तनको असर कम गर्नको लागि बनेका नीति नियम कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन्। राजधानीमा आयोजित जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद् र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले नीति नियम कार्यान्वयनमा जोड दिएका हुन् । कार्यक्रममा जलवायु परिवर्तनका विज्ञ डा.दिपेन्द्र जोशीले वित्तीय प्रणालीलाई सुदृढ गर्ने बारेमा प्रभावकारी काम नभएको बताउनुभयो। जलवायु परिवर्तनको असर कम गर्नको लागि वातावरण संरक्षण ऐन, यसको लागि आवश्यक नीति र योजना बनेको भएपनि नीति, योजना कार्यान्वयनको पक्षमा सरकारले तदारुकता देखाउन नसकेको उहाँको भनाइ छ। यस्तै अधिवक्ता तथा स्वच्छ वातावरणका अभियान्ता पदम श्रेष्ठले जलवायु परिवर्तनको असर कम गर्नको लागि २०७५ सालमा छुट्टै कानुन बनाउन सर्वोच्च अदालतले परमादेश दिए पनि त्यसपछिका कुनै पनि प्रयास उत्साहजनक नरहेको बताउनुभयो। सर्वोच्चको आदेशपछि नीति बनाइए पनि त्यसले नपुग्ने उहाँको भनाइ छ। यसैगरी सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले जलवायु परिवर्तनको प्रभावसँग अनुकुलन हुँदै अघि बढ्नुपर्नेमा जोड दिँदै अनुकुलनको लागि वनको ठूलो योगदान रहेको बताउनुभयो गैरसरकारी संस्था महासंघका सचिव गोविन्दबहादुर शाहीले दिगो विकास लक्ष्य प्राप्तिको लागि सरकारले विभिन्न समिति गठन गरेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनले मानव जीवनमा पारेको प्रभाव कसरी कम गर्न सकिन्छ भनेर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले जलवायु परिवर्तनको असर अपाङ्गता भएका व्यक्तिहरू झन् धेरै पर्ने गरेको भएपनि नियम कानुन बनाउदा सरोकारवालाले आफूसँग छलफल नगरेको बताउनुभयो। यो विषयमा एउटा निकायले अर्को निकायलाई देखाउने गरेको र जिम्मा लिने निकाय भने नभएको उहाँको भनाइ रहेको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले जलवायु परिवर्तनको प्रभावकै कारण सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानमा दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा रहेको भन्दै यसलाई कम गर्नकै लागि वातावरण संरक्षण ऐन २०७७ बनेको जानकारी दिनुभयो। यस्तै, राष्ट्रियसभा सदस्य प्रकाश पन्तले जलवायु परिवर्तन र यसबाट हुने क्षति न्युनिकरणको लागि नीति बनाउनुका साथै कार्यान्वयनमा पनि एक हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रियसभा सदस्य ,राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल पार्वतीले सातै प्रदेशमा तीनै तहले तयार गर्ने बजेट बढाउनुपर्ने तथा आवश्यकता हेरेर नीतिनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधिसभा अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले जलवायु परिवर्तनको प्रभाव कम गर्नको लागि समितिको पहलमा वातावरण र वन ऐन बनाएको दाबी गर्नुभयो। नेपाली जनजीवन र संस्कृति अनुसार कानुन बनाएको र कार्यान्वयनको प्रक्रियामा रहेको दाबी गर्दै उहाँले ऐन कार्यान्वयनमा देखिएको समस्याबारे अध्ययन भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा सीआईएनका म्यानेजर दिपक आचार्यले सीआईएनले जलवायु परिवर्तन र यसका प्रभावका बारेमा निरन्तर रूपमा बिषय उठान गरिरहेको बताउदै आगामी दिनमा पनि आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो। समाचार र कार्यक्रहरूका माध्यमबाट साथै सरोकारवाला निकाय र व्यक्तिहरूसँग सहकार्य गरेर अगाडी बढ्ने उहाँको भनाइ रहेको थियो।
विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ ।
रामेछापमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ जनाको सनाखत
रामेछापको खाँडादेवी गाउँपालिका-१ लुभु घाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
पहिरोले सदरमुकामकै बस्ती जोखिममा
सोमबारदेखि परेको निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा परेको छ ।
मुगुको रारा तालमा पुग्यो बिजुली
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रारा तालमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो ।
केरा खेतीले फेरियो जिन्दगी
केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।
रामेछाप बस दुर्घटना : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो
नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ।
नयाँ वन नियमावलीको विरोधमा वन उपभोक्ता महासंघ
आफ्नो अधिकार कटौती गरी ल्याइएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नयाँ वन नियमावलीको विरोध गरेको छ ।
रामेछापमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
हेलिकोप्टरबाट चोरी शिकारीको सामग्री ढुवानी
हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा चोरी, शिकारी तथा वनजन्य सामग्रीहरु हवाई मार्गबाट ढुवानी हुने गरेकोमा सरोकारवालाहरुले सचेत गराएका छन् ।