‘छोराको खरायो हराएको सम्झनामा लेखेँ’
बालपत्रिका ‘मुना’ को ‘स्रष्टा संवाद’ स्तम्भका लागि यस पटक हामीले भोजपुर जिल्लाको मार्सेमा जन्मनुभएकी (हालको बसाइँ ः नयाँ बानेश्वर काठमाडौँ) बालसाहित्यकार कल्पना प्रधानसँग क्याम्ब्रिज पब्लिक हाइस्कुल, पुरानो बानेश्वरमा कक्षा ९ मा अध्ययनरत छात्र रूपमाङ्ग लुइँटेलले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार प्रधान र लुइँटेलको संवाद :
अन्तर्राष्ट्रिय बालिका दिवस
भाइबहिनी, हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । यही सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमसहित एक सय जना बालिका तथा किशोरीलाई देशका महत्वपूर्ण पद हस्तान्तरण गरेर मनाइएको छ ।
ओमन
ओमन अरबी प्रायद्वीपको दक्षिणपूर्वी तटमा पर्सियन खाडी र अरब सागरको सङ्गमस्थलमा रहेको देश हो । यो अरब जगतको सबैभन्दा पुरानो स्वतन्त्र मुलुक हो । सन् १९७० सम्म यसलाई मस्कट र ओमन भनिन्थ्यो । ओमनको अधिकांश भू–भागलाई बालुवाको मरुभूमि तथा बोटबिरुवा र पानीविहीन क्षेत्र (रब अल–खाली)ले ढाकेको छ । ओमनको तटीय क्षेत्र बसोबासका लागि निकै राम्रो छ । ओमनको भौगोलिक अवस्थिति अत्यन्तै सुन्दर छ ।
पाथीभरा भ्रमणको रमाइलो
हाम्रो विद्यालयले कहिलेकाहीँ शैक्षिक भ्रमण पनि लाने गरेको छ । यस क्रममा यही २०७९ भदौ ३१ गतेका दिन हामीलाई सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथीभरासम्म लगिएको थियो । त्यस दिन च्याह्मासिंहमा पढ्ने सबै विद्यार्थीलाई दुई समूहमा बाँडेर भ्रमणमा लाने योजना भएअनुसार हामी कक्षा ८ को एउटा सेक्सन र १० का विद्यार्थी एउटा समूहमा र ९ कक्षाका अर्को समूहमा बाँडियौँ । कक्षा ९ का विद्यार्थीहरू डोलेश्वर जान हिंडैें ।
बचेरा र हजुरआमा (कथा)
हजुरआमा र नातिनी बेलुकापख हावा खान डुलिरहेका थिए । “आमा, आमा त्यहाँ हेर्नुहोस् त ।” कौवाको बचेरातिर हेर्दै नातिनीले भनी । बाटो छेउमा घाइते बचेरा पीडाले छटपटाइरहेको थियो । “हेर कति बिस्ट्याएको । यसको घाँटीमा चोट लागेजस्तो छ ।” बचेरालाई हातमा लिँदै हजुरआमाले भनिन् । उनीहरूले घाइते कौवाको बचेरालाई घरमा लिएर गए ।
असम्भव केही छैन
युक्साना विद्यालयबाट थकित भएर आइन् । उनलाई भोक पनि लाग्यो । उनी भान्सामा खाजा खोज्दै गइन् । उनी भान्सामा खाजा खोज्न जाँदा उनकी सौतेनी आमाले उनलाई बाहिर पठाइन् तर उसकी त्यस सौतेनी आमाले आफ्नो छोरालाई भने मीठा मीठो परिकार खुवाइरहेकी थिइन् । यो दृश्यपछि उनी आफ्नो आमालाई सम्झेर कोठामा एक्लै बसिन् र भोकै सुतिन् ।
झगडापछिको मिलाप (कथा)
हामी कक्षाकोठामा बसिरहेका थियौँ । कक्षाकोठामा शिक्षक आउनुभएको थिएन । हामीहरूले पढाइका बारेमा छलफल गर्दै थियौँ । यत्तिकैमा कविताले सीता भनेर बोलाइन् । कविताले ‘ओहो ! कति राम्रो पेन रहेछ, मेरो पनि यस्तै कलम छ ।’ भन्दै आफ्नो पेन देखाइ । सीताले कहाँबाट किनेको हो भन्दै सोधिन् । कविताले बजारमा बेचिरहेको थियो । तिमीले कहाँबाट किनेको हौ र भनिन् ।
‘साहसिकसँगै रमाइलो खेल’स्केटिङ
‘खेलकुद’ सबैलाई मन त पर्छ नै । हुनत खेल के खेल्ने र के मन पर्छ त्यो फरक–फरक हुुनसक्छ । खेल कसैले रमाइलो र समय बिताउन खेल्छन् भने कसैले त्यसैलाई ‘व्यवसाय’ नै बनाउने गर्दछन् । यस्तै खेलकी सौखिन र भविष्यमा एक सफल साहसिक खेल स्केटिङ खेलाडी बन्छु भनेर लागेकी छन, नयना शाक्य । विभिन्न खेलमध्येको नयनाको रोजाइ छ, स्केटिङ । उहाँ यही खेलमा नै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।
‘विद्यालयबाट भाग्ने कहिल्यै गरिएन’ : शङ्करप्रसाद कोइराला
भाइबहिनीहरू ! उहाँ हुनुहुन्छ, शङ्करप्रसाद कोइराला । पूर्वअर्थमन्त्री । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेर देशका लागि राम्रो काम गर्न सफल व्यक्ति । बाल्यकालका सबै समय उहाँमै बिताउनुभएका कोइरालाले भोजपुर बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा बीए उत्तीर्णलगत्तै गाउँ छाड्नुभयो । उच्च शिक्षा पढ्न काठमाडौं आएर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमए पढ्न भर्ना भएलगत्तै उहाँले जागिरका लागि परीक्षा दिँदा पाँचवटा सरकारी संस्थान र लोकसेवा आयोगमा समेत एकै पटक नाम निकाल्न सफल हुनुभयो । भाइबहिनीहरू आखिर मेहनतको फल त