युक्साना विद्यालयबाट थकित भएर आइन् । उनलाई भोक पनि लाग्यो । उनी भान्सामा खाजा खोज्दै गइन् । उनी भान्सामा खाजा खोज्न जाँदा उनकी सौतेनी आमाले उनलाई बाहिर पठाइन् तर उसकी त्यस सौतेनी आमाले आफ्नो छोरालाई भने मीठा मीठो परिकार खुवाइरहेकी थिइन् । यो दृश्यपछि उनी आफ्नो आमालाई सम्झेर कोठामा एक्लै बसिन् र भोकै सुतिन् ।
उनको बुवाले सधैँ कुटपिट गर्ने र जुवातासमा पैसा सिघ्याउने गर्थे । त्यसैले आमा युक्सानालाई छाडेर गएकी थिइन् । युक्सानाको बुवाको सोचाइमा छोरीहरूभन्दा दोस्रो श्रीमतीबाट भएको छोरोलाई पढ्नमा, खानमा जेमा पनि उसले भनेझैँ गर्दिन्थे । उसलाई बोर्डिङ स्कुलमा पढाइन्थ्यो भने युक्सानालाई एक सरकारी विद्यालयमा पढाइन्थ्यो तर उसलाई भने दोस्रोजस्तो व्यवहार गर्दथ्यो । कापी, कलम, खुवाइ लगाइमा बुवाले त्यति वास्ता गर्दैनथे ।
यो सबै कुराको कारणले युक्साना आफ्नो घरमा भएका सबै नराम्रो कुरा बिर्सी पढाइमा अत्यन्त ध्यान दिएर मन लगाएर पढ्थी । ऊ सानैबाट नम्र र राम्री थिइँ । युक्सानाको उसको लक्ष्य एक राम्रो डाक्टर बन्ने थियो । र उनी आफ्नो बुवालाई देखाउन चाहन्थिन् कि छोरा मात्र होइन छोरीले पनि केही गर्न सक्छिन् ।
त्यसपछि युक्सानाले ठूलो अस्पतालमा काम गर्न थालिन् । उनले आफ्नो सौतेनी भाइलाई पनि सुधारिन् । उसको अहिले आफ्नै ठूलो घर छ । घरमा सबै परिवार खुसी र सम्पन्न छन् । यो देख्दा उनले मनमनै भनिन्, “असम्भव हैन सम्भव छ ।” केही कुरा असम्भव हुँदैन । बस आफूले मेहेनत गर्नुपर्छ र आफ्नो आमालाई सम्झिँदै आमा हजुरकी छोरी डाक्टर भई भन्दै आँखाबाट आँसु पुछ्दै थिइन् । तब बुवा आउनु भयो र दुवै सामान किन्न पसल गए ।