हामी कक्षाकोठामा बसिरहेका थियौँ । कक्षाकोठामा शिक्षक आउनुभएको थिएन । हामीहरूले पढाइका बारेमा छलफल गर्दै थियौँ । यत्तिकैमा कविताले सीता भनेर बोलाइन् । कविताले ‘ओहो ! कति राम्रो पेन रहेछ, मेरो पनि यस्तै कलम छ ।’ भन्दै आफ्नो पेन देखाइ । सीताले कहाँबाट किनेको हो भन्दै सोधिन् । कविताले बजारमा बेचिरहेको थियो । तिमीले कहाँबाट किनेको हौ र भनिन् ।
‘बाबाले ल्याइदिनुभएको थियो ।’ भनेर जवाफ दिइँ । दुवै जनाको उस्ताउस्तै कलम रहेछ भनेर कविताले भनी । उनीहरूले रमाउँदै कलमले कापीमा लेखे । एकछिनपछि नास्ता खाने समय आयो । सबै जनाले आआफ्नो कापी किताब झोलाभित्र
राखेर नास्ता खान गए । नास्ता खाइसकेर कक्षाकोठामा आए । कविताले सीतालाई ‘खै मेरो कलम ?’ भनेर सोधी ।
सीताले आफ्नो कलम देखाउँदै “मलाई के थाहा तिम्रो कलम” भनिन् । कविताले ‘तैले चोरेको होस’ भन्दै आरोप लगाई । एकछिनपछि शिक्षक आउनुभयो । एउटा कलमलाई दुवै जनाले ‘मेरो हो, मेरो हो’ भनेर झगडा गर्न थाले । शिक्षकले सबैको झोलामा हेर्न भन्नुभयो । कसैको झोलामा कलम नभेटिएपछि दुवै जना ठूला ठूला स्वमा एकअर्कासँग झगडा गर्न थाले । उनीहरू लुछालुछ गर्दागर्दै कविताको कपालबाट कलम खस्यो ।
कविताले ‘तैले मेरो कपालमा कलम राखिस्’ भन्दै फेरि पनि झगडा गर्न थाले । यत्तिकैमा शिक्षकले झगडा रोकिदिनुहुन्छ । दुवै जनाको कुरा सुनेर शिक्षकले भन्नुभयो, “यति सानो विषयमा यति ठूलो झगडा नगर्नुपर्ने थियो ।” भन्दै कहिले पनि घमण्ड, रिस, लोभी हुनु हुँदैन भन्दै एकअर्कासँग माफी माग्नु भन्नुभयो । दुवै जनाले पश्चाताप गर्न थाले, माफी पनि माग्न थाले । माफी मागिसकेपछि फेरि राम्रो, सबैको नजरमा राम्रो र असल साथी बन्न सफल भए । सबै जना मिलिजुली बसे ।