• ८ वैशाख २०८१, शनिबार

‘साहसिकसँगै रमाइलो खेल’स्केटिङ

blog

‘खेलकुद’ सबैलाई मन त पर्छ नै । हुनत खेल के खेल्ने र के मन पर्छ त्यो फरक–फरक हुुनसक्छ । खेल कसैले रमाइलो र समय बिताउन खेल्छन् भने कसैले त्यसैलाई ‘व्यवसाय’ नै बनाउने गर्दछन् । यस्तै खेलकी सौखिन र भविष्यमा एक सफल साहसिक खेल स्केटिङ खेलाडी बन्छु भनेर लागेकी छन, नयना शाक्य । विभिन्न खेलमध्येको नयनाको रोजाइ छ, स्केटिङ । उहाँ यही खेलमा नै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । 

कक्षा १० मा अध्ययरत शाक्य गत चार वर्षदेखि स्केटिङ खेलमा आफूलाई तिखार्न लागिपरेकी छन् ।  यही खेलबाट आफ्नो र देशको नाम चिनाउने अडान लिनुभएको उहाँ स्केटिङ खेलमार्फत राष्ट्रिय खेलाडी बन्ने योजनामा हुनुहुन्छ । 

विभिन्न स्केटिङ प्रतियोगितामा प्रथम बन्दै आउनुभएको शाक्य सन् २०२१ मा भएको सौन्दर्य प्रतियोगिता मिस लिटिल नेवामा पनि स्केटिङ गर्दै नृत्य गर्नुभएपछि ‘मिस ट्यालेन्ट’को उपाधि जित्न सफल हुनुभएको थियो । सानैदेखि मिस नेपाल बन्छु भन्ने चाहना राख्ने उहाँले ‘मिस लिटिल नेवा’ प्रतियोगिता जितेर आफ्नो इच्छा पूरा गर्नुभयो । 

आफ्नो प्रतिभा प्रस्टफुटन गर्नुका साथै आफ्नो संस्कृति परम्परा पनि बुझ्न मौका पाएको बताउनुहुन्छ । टेबलटेनिस, पुस्तक पढ्ने रुचि रहेको उहाँले यस्तो सौन्दर्य प्रतियोगितामा एक पटक भए पनि भाग लिनुपर्ने सुझाव दिनुहुन्छ । 

शाक्यले यस प्रकारको सौन्दर्य प्रतियोगिताले आफूभित्र भएको प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्नुका साथै व्यक्तित्व विकास, आत्मविश्वास र आफ्नो संस्कृति परम्पराका बारेमा धेरै कुरा बुझ्न सहयोग हुन्छ । 


एसईईको तयारीमा  रहेकी उहाँ अध्ययनमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । कक्षामा कहिले पहिलो त कहिले दोस्रो स्थानमा रहने नयनाले मिस लिटिल नेवामा सिकेको कुराले पढाइमा धेरै मद्दत गरेको बताउनुभयो । गणित, विज्ञान तथा कम्प्युटर विषयमा धेरै रुचि भएको नयनालाई पढाइ सँगसगै आफ्नो स्केटिङ खेलाडी बन्ने सपनालाई पनि अगाडि बढाउने चाहना छ । 

हुनतः स्केटिङ उपेक्षित खेल हो भनिन्छ 

तर पनि यसमा ‘स्कोप’ छ भन्ने नेपाली खेलप्रेमीसामु पु¥याउने चाहना उहाँको छ । यो साहसिक खेलअन्तर्गत पर्ने भएकोले महिलाहरू त्यत्ति खेलेको पाइँदैन । त्यसैले यसको विकास र प्रवद्र्धन आवश्यक रहेको उहाँको धारणा छ । सरकारले पनि स्केटिङ खेललाई अलि प्रोत्साहन गर्ने, 

तालिममा सहयोग गरेको खण्डमा विकास हुने थियो भन्ने देख्नुहुन्छ ।  

यो खेल हेर्दा जति गारो जस्तो लाग्छ, खेल्न जानेपछि त्यति नै रमाइलो पनि छ । राम्रो बन्न धेरै तालिमको आवश्यकता पनि पर्छ । यो वर्ष एसईई र पढाइलाई प्राथमिकता दिन्छु । यो सकेलगत्तै स्केटिङको तालिम गर्ने योजना छ । मलाई स्केटिङबाटै अन्तर्राष्ट्रियस्तरमा हुने ओलम्पिक्समा जाने इच्छा छ ।