किसनपुरको बाढी (कथा)
“लौ न कहाँ जाने होला ? के गर्ने होला ? कोसी नदीको ड्याम फुटिसक्यो ?” गाउँलेहरूले भने । गाउँलेहरू ड्याम फुटेपछि सबै जना आफ्नो महत्वपूर्ण सामान, गरगहना, पैसा लिएर भाग्न थाले । मानिसहरू “छिटो भाग नत्र डुबानमा परिएला ” भनेर कराइरहेका थिए । सबै मानिसको मनमा डर थियो । सबै जना यताउता भागिरहेका थिए । किसनपुर गाउँ डुब्न आँटी सकेको थियो । हरियाली रमणीय किसनपुर गाउँ एउटा खोलाको किनारमा परिणत हुँदै थियो । गाउँ पानीले डुबेर जलथल भइसकेको थियो । गाउँमा रहेका घरहरू डुबानमा परिरहेका थिए । गाउँलेहरू रुँदै ‘किन यस्तो ठाउँमा घर बनाएँ होला ? हे दैव यो के गरेको ? मैले जिन्दगीभरि मेहनत गरेर कमाएको पैसाले बनाएको घर आज पानीले बगाएर लग्यो ।’ भनेर सबै जना रुँदै थिए ।
किताबमा देखेको जनावर चिडियाघरमा
यही मङ्सिर ९ गते हाम्रो विद्यालयले हामीलाई चिडियाखानाको भ्रमण लगेको थियो । विद्यालयको तर्फबाट मेरो शिक्षकले भनेअनुसार बिहान ९:३० बजे विद्यालय पुगेँ । चिडियाखाना जानका लागि नर्सरीदेखि ५ कक्षासम्मका विद्याथी थियौँ । शिक्षकले बताउनुभएअनुसार विद्यार्थीहरू चौरासी जना थिए भने शिक्षकहरू पाँच जना थिए । १०:३० बजे बस विद्यालयको चौरबाट गुड्यो । बसको झ्यालबाट बागमती नदीको पुलबाट मैले चोभार भन्ने ठाउँ पनि देखेँ । बस नख्खु हुँदै एकान्तकुनाबाट चक्रपथमा पुग्यो । त्यहाँ ट्राफिक जाम रहेछ । हाम्रो बसको चालकले ट्राफिक प्रहरीको इसाराअनुसार बस रोक्नुभयो । ठाउँठाउँमा ट्राफिक नियम पालना गर्दै बस अगाडि बढ्यो । प्रत्यक्ष देख्दा झन् रमाइलो लाग्यो ।
शान्त समुद्री जीव डल्फिन
भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? समुद्री जीवमा सबैभन्दा शान्त डल्फिनलाई माछाको समूहमा राखिँदैन नि, डल्फिनलाई छुट्टै स्तनधारी जीवको समूहमा राखिन्छ । वैज्ञानिक भाषामा फिमेल डल्फिनलाई काउज र मेललाई बुल्स भन्ने गरिन्छ । समूहमा बस्न रुचाउने डल्फिन आफ्नो समूहको पोथी डल्फिनले बच्चा जन्माएमा उसलाई मिलेर स्याहार गर्ने खानेकुरा खुवाउने गर्दछन् । डल्फिन आफ्ना साथीहरूसँग कुरा गर्दा सिट्टी बजेको झैँ आवाज आउने गर्दछ । डल्फिन एक अर्कालाई एक विशेष आवाजमा नामले नै बोलाउने गर्छन् ।
सोनमको नयाँ विद्यालय (कथा)
रोल्पाको खुङ्ग्रीमा सोनम र उनको परिवार बस्थे । उनको परिवारमा उनको आमा, बुवा, भाइ र उनी थिए । उनको बुवा काम गर्नका लागि विदेश जानुभएको थियो । उनको आमासँग भन्दा बुवासँग राम्रो सम्बन्ध थियो । सोनम पढ्न र लेख्न रुचाउँथिन । गाउँमा राम्रो विद्यालय थिएन । त्यसैले केही समयपछि उनीहरू बसाइँ सरेर सहर गए । सहरमा गएपछि सोनमको आमाले उनलाई र उनको भाइलाई नयाँ विद्यालयमा भर्ना गरिदिनुभयो ।
घमण्डको परिणाम (कथा)
कुनै एक गाउँमा एक धनी ब्राह्मण परिवार थियो । धनले सम्पन्न त्यस परिवारमा कृपा नामक एक ब्राह्मणी बस्थिन् । उनी निकै सुन्दर भएकाले उनलाई आफ्नो रूप र धनको निकै घमण्ड थियो । उनको नाम मात्र कृपा थियो, दया र माया भने उनमा अलि कति पनि थिएन । धनी परिवारकी भएकाले कृपा केही काम गर्दिनथिन् । दिनभरि गाउँ डुलेर बेलुका घर फर्किन्थिन् । उनको घरमा आमा र भाइ मात्र थिए । धनले पुलपुलिएकी कृपालाई कुनै कुराको मतलब पनि थिएन ।
विद्यालय बालमैत्री छ कि छैन ?
भाइबहिनीहरू तिमीहरूलाई नि थाहा नै छ । विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय शिक्षाको धेरै महत्त्व छ । हाम्रो घर वरपरको वातावरणजस्तै विद्यालयको वातावरण पनि बालमैत्री हुनुपर्छ । बढ्दो उमेरका बालबालिकामा सिकाइसँगै वरपरको वातावरण कस्तो छ भन्ने कुराले झन् धेरै महत्त्व राख्छ । आवश्यक
सेल्फ डिफेन्स कला (कथा)
म परीसा अधिकारी चितवनमा रहेको एसओएस विद्यालयमा म कक्षा ४ मा पढछु । म मेरो विद्यालयको जति पनि खेलका कार्यक्रममा सधैँ पहिला हुने छात्रा हुँ । दौड मेरो विशेष रुचिको विषय हो । मैले दौडमा जितेर धेरै नै मेडल पाएको छु । हरेक वर्ष विद्यालयमा आयोजना हुने दौड प्रतियोगितामा मैले पहिला भएर पुरस्कार पाएको छु । दौडबाहेक रेस्लिङसम्बन्धी अन्य गेम तथा जिम्न्यास्टिक पनि म खेल्ने गर्छु। मैले सेल्फ डिफेन्स अर्थात् आत्मरक्षाको पनि धेरै कला जानेको छु ।
चमेलीको चाहना (कथा)
चमेली असल, मेहनती र दयालु थिइँ । उ सानै हुँदा उसको बुवाको बस दुर्घटनामा परी मृत्यु भएको थियो । आमालाई राम्रोसँग आँखा देख्न नसक्ने समस्या थियो । उपचार गराउन उनीहरूसँग धन थिएन । यही कारण उनले पढ्न पाइनन् । ‘इन्दिरा, इन्दिरा स्कुलमा पढ्न कति रमाइलो हुन्छ होला हगि ?’ शनिबार घाँस काट्न जाने बेला इन्दिरालाई सोधिन् । “ह्या ! त्यो पढाइको कुरै नगर । बरु तँलाई पो मज्जा छ । दिनरात लेख्नु पनि पर्दैन,” इन्दिराले भनी । “पढाइलाई त्यस्तो भन्नु हुँदैन । पढ्नुपर्छ । म पो गरिब छु । पढ्न सकिएन,” चमेलीले भनिन्, “म त तँ जस्तै पढ्न पाएको भए मेहनतले पढ्थेँ ।”
दिदीबहिनीको माया
दिदीबहिनीको माया “आहा ! कति राम्रो कार्यक्रम रहेछ,” प्रतिभाले रमाउँदै भनी । “त्यही त कस्तो रमाइलो रहेछ । म त यो कार्यक्रम हरेक साता हेर्छु,” प्राश्नाले पनि रमाउँदै भनी । प्राश्ना र प्रतिभा एकदमै मिल्ने दिदी र बहिनी थिए । उनीहरूको बोली, व्यवहार र पढाइले गर्दा सबै गुरुआमा तथा गुरुबा खुसी थिए । उनीहरू सँगसँगै टिभी हेरिरहेका थिए । अचानक उनीहरूको बुवाले भन्नुभयो, “प्राश्ना, प्रतिभा, जाऊ गएर सुत भोलि बिहान चाँडै उठ्नुपर्छ ।”