• ७ जेठ २०८१, सोमबार

सेल्फ डिफेन्स कला (कथा)

blog

म परीसा अधिकारी चितवनमा रहेको एसओएस विद्यालयमा म कक्षा ४ मा पढछु । म मेरो विद्यालयको जति पनि खेलका कार्यक्रममा सधैँ पहिला हुने छात्रा हुँ । दौड मेरो विशेष रुचिको विषय हो । मैले दौडमा जितेर धेरै नै मेडल पाएको छु । हरेक वर्ष विद्यालयमा आयोजना हुने दौड प्रतियोगितामा मैले पहिला भएर पुरस्कार पाएको छु । दौडबाहेक रेस्लिङसम्बन्धी अन्य गेम तथा जिम्न्यास्टिक पनि म खेल्ने गर्छु। मैले सेल्फ डिफेन्स अर्थात् आत्मरक्षाको पनि धेरै कला जानेको छु । 

साथीहरू सुन्दा सामान्य लाग्छ तर हामी साना विद्यार्थी विशेष गरी केटीहरूले सेल्फ डिफेन्स कला जान्नै पर्ने रहेछ । हामी बालबालिकालाई आफ्नो सुरक्षा आफैँ गर्ने कला अर्थात् सेल्फ डिफेन्सको लागि पनि हामीले शारीरिक अभ्यासहरू नियमित गर्नुपर्ने रहेछ । हामी बलियो हुनुपर्ने रहेछ । सेल्फ डिफेन्सको केही सूत्र छन् जसलाई जानियो भने हामी शत्रुलाई पराजित गरेर सुरक्षित हुन सक्छौँ । यस्तै  दौड तथा अन्य खेलमा भाग लिन हामीले नियमित शारीरिक अभ्यासलाई पनि ध्यान दिनुपर्छ । दौडबाहेक मैले धेरै पटक जिल्लास्तरीय प्रतियोगितामा पनि उत्कृष्ट नृत्य गरेर पुरस्कार पाएको छु । साथीहरू तपाईंहरूले पनि  के के जान्नु भएको छ मुनामा लेखेर पढाउनु है ।