• १३ पुस २०८१, शनिबार

दिदीबहिनीको माया

blog

“आहा ! कति राम्रो कार्यक्रम रहेछ,” प्रतिभाले रमाउँदै भनी । 

“त्यही त कस्तो रमाइलो रहेछ । म त यो कार्यक्रम हरेक साता हेर्छु,” प्राश्नाले पनि रमाउँदै भनी । 

प्राश्ना र प्रतिभा एकदमै मिल्ने दिदी र बहिनी थिए । उनीहरूको बोली, व्यवहार र पढाइले गर्दा सबै गुरुआमा तथा गुरुबा खुसी थिए ।

उनीहरू सँगसँगै टिभी हेरिरहेका थिए । अचानक उनीहरूको बुवाले भन्नुभयो, “प्राश्ना, प्रतिभा, जाऊ गएर सुत भोलि बिहान चाँडै उठ्नुपर्छ ।”

 “हस् बुवा !” प्रतिभाले जवाफ दिई । प्रतिभा जुरुक्क उठी र सरासर आफ्नो कोठातिर लागि  तर प्राश्ना एकदमै निराश थिई । उसलाई रिस पनि उठेको थियो । त्यसैले ऊ सरासर गएर सुती । प्रतिभा भने आफ्नो गृहकार्य गर्न थाली ।

हैन सधैँ आफ्नो काम सकाएर सुत्ने प्राश्ना आज किन चाँडै सुतेकी होला । प्रतिभाको मनमा खुलदुली भयो ।

“प्राश्ना तिमीले गृहकार्य गर्नुपर्दैन ? किन आज चाँडै सुतेकी ?” प्रतिभाले सोधी । 

टिभी हेर्न नपाएकोमा प्राश्नालाई रिस उठेको थियो । रिसको झोकमा उसले प्रतिभालाई भनी “प्रतिभा, अब तिमीले सिकाउँछौ मलाई आफ्नो काम गर्न ? म आफ्नो काम आफैँ गर्न सक्दिन र ?”

प्रतिभाले अचम्म मान्दै भनी “यति सानो कुरामा रिसाउनुपर्छ त, म त तिमीले बिस्र्यौ कि भनेर पो सम्झाइदिन खोजेकी ।” 

“पर्दैन मलाई सम्झाउन । मलाई थाहा छ ।” प्राश्नाले झर्कंदै भनी ।

टिभी हेर्न नपाएकोमा प्राश्नालाई रिस उठेको थियो । रिसको झोकमा उसले प्रतिभालाई भनी, “प्रतिभा, अब तिमीले सिकाउ“छौ मलाई आफ्नो काम गर्न ? म आफ्नो काम आफैँ गर्न सक्दिन र ?”

प्राश्नाको व्यवहार देखेर प्रतिभालाई पनि झनक्क रिस उठ्यो । उसले प्राश्नालाई हप्काउँदै भनी, “बुवाको रिस मलाई नपोख् ! मैले तँलाई टिभी हेर्न नदिएको हो र ?  मस“ग रिसाउँछे ।” 

अचानक उनीहरू बीच भनाभन भयो । प्राश्ना र प्रतिभा लुच्छालुछ गरेर झगडा गर्न थाले । उनीहरू चिच्चाएको र कराएको आवाज बाहिर पनि सुनियो । छरछिमेकहरूले घरघरको झ्याल झ्यालबाट चिहाएर हेर्न थाले । 

यत्तिकैमा उनीहरूका आमाबुवा कोठामा आइपुगे । बाबाआमा कोठामा आउनुभएको देखेर उनीहरू चुप बसे ।

सधैँ मिलेर बस्ने प्राश्ना र प्रतिभा आज यति सानो कुरामा झगडा गर्दा बाबा र आमा अचम्मित थिए । उनीहरूलाई सम्झाइबुझाइ आमाबा आफ्नो कोठामा फर्के । 

बिहान उठेपछि प्राश्ना र प्रतिभा एकअर्कासँग बोल्न त के सँगै बसेर पढ्न पनि चाहेनन् । खाना पनि राम्ररी खाएनन् । यो देखेर बुबाआमालाई दुःख लाग्यो ।

त्यो दिन प्राश्नाले आफ्नो गृहकार्य नगरी सुती । प्रतिभाले भने आफ्नो गृहकार्य पूरा गरी । उसले प्राश्नाको झोलाबाट कापी निकाली र उसको गृहकार्य पनि गरिदिई । त्यसपछि मात्रै ऊ सुती ।

भोलिपल्ट गुरु कक्षाकोठामा छिरेपछि प्राश्ना झसङ्ग भई । गृहकार्य नगरेकोमा उसलाई गुरुले सजाय दिनुहुन्छ भनेर एकदमै आत्तिइ । ऊ निराश भएर बसिरही ।

“प्राश्ना तिमी किन कुनामा बसेकी छौ, खोइ त तिम्रो गृहकार्य ?” गुरुले सोध्नुभयो ।

“मलाई माफ गर्दिनुहोस् गुरु । मैले गर्न नै बिर्सिएँ,” प्राश्नाले जवाफ दिई ।

“गर्न बिर्सियौ रे, अब तिमीले सजाय पाउँछौ । बेञ्चमाथि उभिऊ !” गुरुले भन्नुभयो ।

त्यही बेला प्रतिभाले भनी, “गुरु प्राश्नालाई सजाय नदिनुहोस् । उसले गृहकार्य गरेकी छे । उसको कापीमा हेर्नुहोस् ।”

प्रतिभाको कुरा सुनेर गुरु छक्क पर्नुभयो । प्राश्नालाई पनि अचम्म लाग्यो । 

गुरुले प्राश्नास“ग कापी माग्नुभयो । प्राश्नाले झोलाबाट कापी निकालेर दिई । गुरुले कापी हेर्दै भन्नुभयो, “लौ गृहकार्य गरेकी रै’छे नि ! किन गरेको छैन भनेकी ?”

“निदाउनुभन्दा पहिले गरेकी थिई । यसैले बिर्सिहोली ।” भन्दै प्रतिभाले प्राश्नातिर हेर्दै मुसुक्क मुस्कुराई । 

प्राश्नाले पनि मुसुक्क हा“सेर प्रतिभाको मुस्कुराहटको जवाफ दिई र ग्लानिले भुइँतिर हेरी ।