गुणबहादुर रोका
सुलीकोट, असोज २७ गते । गोरखाको सहिद लखन गाउँपालिका –४ देउराली छापस्थित सिञ्जाली माबिको नयाँ भबन निर्माणमा खटिएका एक कर्मचारी मृत अबस्थामा फेला परेका छन् ।
बिद्यालयको पुननिर्माणमा खटिएका चाइनिजहरुको दोभासेको रुपमा काम गर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका –३ का ३५ बर्षिय छेवाङ नाङगेल तमाङ सोमाबार बिहान सुतिरहेको ठाउँमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बेलुका खाना खाएर बिद्यालयको कोठमा सुतिरहेका तमाङ बिहान अबेरसम्म उठ्नु भएन छ, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले भन्नुभयो, ‘ढोका ढकढकाएर बोलाउँदा पनि नबोलेपछि प्रधानध्यापकले जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गर्नुभयो ।’
खबर प्राप्त हुनेबित्तिकै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली र कुरिनटार प्रहरी चौकीको प्रहरी टोली घटनास्थलमा पुगेर जनप्रतिनिधि र स्थानीयको पहलमा ढोका फुटाएर हेर्दा तमाङ मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको भनाइ छ ।
मृतक तमाङको परिवारलाई जानकारी गराई शब पोष्टमार्टमको लागि प्रदेश अस्पताल गोरखामा पठाइसकेकाले घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।