• ६ जेठ २०८१, आइतबार

सोनमको नयाँ विद्यालय (कथा)

blog

रोल्पाको खुङ्ग्रीमा सोनम र उनको परिवार बस्थे । उनको परिवारमा उनको आमा, बुवा, भाइ र उनी थिए । उनको बुवा काम गर्नका लागि विदेश जानुभएको थियो । उनको आमासँग भन्दा बुवासँग राम्रो सम्बन्ध थियो । सोनम पढ्न र लेख्न रुचाउँथिन ।

गाउँमा राम्रो विद्यालय थिएन । त्यसैले केही समयपछि उनीहरू बसाइँ सरेर सहर गए । सहरमा गएपछि सोनमको आमाले उनलाई र उनको भाइलाई नयाँ विद्यालयमा भर्ना गरिदिनुभयो ।

सोनमले त्यो नयाँ विद्यालयमा कसैलाई पनि चिनेकी थिइनन् । त्यसैले सोनम पहिलो दिन  विद्यालय जान डराइरहेको थिइन । उनी स्कुल जाने बेला आफूजस्तै गइरहेकी नयाँ केटी देखिन तर सोनम उनीसँग बोलिनन् ।

सोनम विद्यालय गइसकेपछि ! ‘यो ९ कक्षा कहाँ छ’ नयाँ केटीले सोनमलाई भनिन् ।

 ‘खै मलाई पनि थाहा छैन !’ ‘म पनि त्यही जाने हो सँगै जाम्ला न त है’ सोनामले नयाँ केटीलाई भनिन् । ‘हुन्छ सँगै जाम्ला’ भनेर नयाँ केटीले सोनमलाई भनिन् ।’

त्यसपछि उनीहरू दुवै ९ कक्षा खोज्दा खोज्दै कक्षामा आइपुगे । उनीहरू दुवै सँगै कक्षाकोठामा प्रवेश गरे । उनीहरू कक्षामा प्रवेश गर्नेबित्तिकै कक्षामा भएका सबै विद्यार्थी हाँस्न थाले । त्यसैले उनीहरूले आफ्नो झोला राख्ने बित्तिकै कक्षाबाट बाहिर गए ।

केही समयपछि विद्यालयको  घन्टी बज्यो । सबै विद्यार्थी कक्षाकोठामा प्रवेश गरे अनि कक्षामा गुरु आउनुभयो । गुरुले सबै नयाँ विद्यार्थीको परिचय माग्नुभयो । सबै विद्यार्थीले एक–एक गरेर आफ्नो आफ्नो परिचय  दिए ।

विद्यालयमा पढेर सकिएपछि सबै विद्यार्थी आफ्नो घरतिर लागे । अनि सोनम पनि आफ्नो घर गइन् । सोनम घर गएर आज विद्यालयमा के–के भयो ? फोनबाट आफ्नो बुवालाई भनिन् । बुवासँग कुरा  गरिसकेपछि सोनम र सोनमको भाइ गृहकार्य गर्न थाले । दुवैले  गृहकार्य सकेपछि उनको आमाले उनीहरूलाई खाना खान बोलाउनुभयो ।

अर्को दिन बिहान विद्यालय जाने बेला सोनमको निरञ्जनासँग भेट भयो । दुवै जना  सँगै  विद्यालय गए । त्यो दिनदेखि उनीहरू साथी भए । केही समयपछि कक्षामा गुरुआमाले पढाउँदा पढाउँदै केटाहरू झगडा गर्न थाले । झगडा खेलेको गुरुले थाहा पाएर झगडा खेलेका केटाहरूलाई सजाय दिनुभयो ।

 गुरुले उनीहरूलाई सजाय दिनु भएको देखेर  सोनम एकदमै डराइन् । त्यसपछि विद्यालयको छुट्टी भयो ।  सोनम घरमा गएर ‘म त्यो विद्यालयमा पढ्दैन त्यो विद्यालयमा त झगडा मात्र हुन्छ’  सोनमले आमालाई भनिन् । ‘म भोलि विद्यालय गएर गुरुहरूसँग कुरा गर्छु  त नडारा’ आमाले भन्नुभयो ।

अर्को दिन सोनमले विद्यालयमा  पढ्न लागेको बेला उनको आमा आउनुभयो । “यहाँ झकडा मात्रै खेल्छन् रे मेरो छोरी एकदमै डराइरहेकी थिई,” भनेर आमाले सरलाई भन्नुभयो ।

केही समयपछि गुरु कक्षामा आएर भन्नुभयो झगडा खेल्नु हुँदैन सबै जना मिलेर बस्नुपर्छ भनेर सम्झाउनुभयो । त्यो दिनपछि सबै विद्यार्थी झगडा नगरेर मिलेर बस्न थाले ।