ताप्लेजुङका स्थानीय तहद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।
जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो ।
पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी
पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा नरेन्द्रप्रसाद अधिकारीको प्यानल निर्वाचित भएका छन् । प्रतिस्पर्धी रेखा इङनाम लावतीको प्यानलाई हराउँदै अधिकारीको प्यानल विजयी भएको हो ।
इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : पटनासामु दिल्ली निरिह
विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा फार्मेन्स क्रिकेट एकेडेमी पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेटले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पाँचथर उद्योग वाणिज्य संघ निर्वाचनमा नौ सय ६२ जनाले गरे मतदान
पाँचथर उद्योग बाणिज्य संघको नया नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा नौ सय ६२ जनाले मतदान गरेका छन ।
ताप्लेजुङका तीन वटा गाउँपालिकाबिच सहकार्य हुने
अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् ।
सगरमाथा क्षेत्र जोड्ने मोटरेबल पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो।
शिक्षा सुधार गर्न सिकाइ मेलाको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत सिकाइ मेला आयोजना गर्ने भएको हो।
पर्यटन प्रवर्द्धन गर्न ‘गल्फ महोत्सव’
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ ।
पर्यटकीय केन्द्र बन्दै धनकुटा
पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने व्रmम बढेकोे छ । भेडेटारनजिकै रहेको नमस्ते
धार्मिकस्थल गङ्गा खोलाको संरक्षण गरिँदै
भोजपुर, चैत २४ गते ।यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने स्थानीयवासी राजेन्द्र राईले जानकारी दिनुभयो । देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ ।यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्यकर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको उहाँको भनाइ छ ।“गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “गोल्मेराजा, गोल्मेरानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यो स्थानको धेरै विशेषतासँगै पौराणिक महत्व छ । भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासमा बाधा पुगेको अवस्था छ । राज्यले यस्ता देशका सम्पत्तिको खोेजी गरेर संरक्षणमा जोड दिन आवश्यक छ ।”गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातकाे समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिदएको वडाध्यक्ष आचार्यले बताउनुभयो । यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हारगुहार गरिएको उहाँले बताउनुभयो । मुख्य रूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उहाँको भनाइ छ ।स्थानीय सरकार, केन्द्र सरकार तथा प्रदेश सरकारले यो स्थानको विकासमा पहलकदमी गर्न आवश्यक रहेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।“गङ्गा खोला एउटा अनौठो र आश्चर्य खालको पवित्र धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यो स्थानको स्थलगत अनुगमन गर्दा साँच्चै नै प्रकृतिको अनौठो स्वरुप देख्न सकिन्छ । यहाँको भूबनोटले सबैलाई चकित बनाउँछ । तर यस्तो ठाउँको अहिलेसम्म संरक्षणसँगै प्रचारप्रसार हुनसकेको छैन ।” रासस
झापामा नीजि विद्यालयको वर्गीकरण
झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ ।
चार महिनापछि सुकेटार विमास्थलमा जहाज अवतरण
करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो ।
मुख्यमन्त्री कप भलिबल आजदेखि
भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
हलेसीमा रामनवमी मेला
धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।
वज्रगुरु मन्त्रजप पूजा सुरु
ताप्लेजुङको सुकेटारमा छैटौँ वज्रगुरु मन्त्रजप पूजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि आयोजना गरिएको तीनदिने धार्मिक पूजा वज्रगुरु मन्त्रजप शनिबारदेखि सुरु भएको हो ।
नमो बुद्धलाई भीमनारायण गोल्डकप उपाधि
१७औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लबले उचालेको छ ।
पूर्वराजालाई महामन्त्री शर्माको चुनौती
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिनुभएको छ ।
फालेलुङ महिला मिनी म्याराथनमा पुष्पा च्याम्पियन
पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित दोस्रो फालेलुङ महोत्सवका अवसरमा आयोजित मिनी म्याराथनमा पाँचथरकै मिक्लाजुङकी पुष्पा सेर्मा च्याम्पियन हुनुभएको छ ।
पाथीभरामा यस वर्षकै बढी भक्तजन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा शनिबार यस वर्षकै बढी भक्तजन पुगेका छन् । चैते दसैँको महाअष्टमीका दिन करिब सात हजार भक्तजन पाथीभराको दर्शन गरेका हुन् ।
किराती राजा यलम्बरको सालिक निर्माण
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक) सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा छ ।
अर्गानिक चिया उत्पादनमा जोड
ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग बढेसँगै अर्गानिक उत्पादनमा जोड दिन थालेको किसानले बताएका छन् ।
बाढीले क्षति पुर्याएका खोलामा पुल बनाउन प्रतिबद्व छौं : मन्त्री राई
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्व रहेको दोहोर्याउनु भएको छ ।