रास्वपा नेत्री राई एमाले प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेकाले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु नहुने बताउनुभएको छ।
ताप्लेजुङमा अल्लोको झोला (फोटो फिचर)
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० का महिलाले अल्लो कपडाबाट विभिन्न किसिमका झोला तयार गरिरहेका छन्। स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रवर्द्धन गर्ने र सीप विकाससँगै स्वरोजगार बनाउने उद्देश्यले महिलाले अल्लोबाट उत्पादित कपडाको झोला तयार गरेका हुन्।
अल्लो कपडा सिलाई बुनाइले मनग्य आम्दानी
अल्लोबाट उत्पादित कपडाको सिलाई बुनाइसँगै मनग्य आम्दानी लिन थालेका छन् । स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रवर्धन गर्दै यहाँका महिलाले आम्दानी समेत लिने गरेका हुन् ।
पोखरीमा डुबेर बालकको मृत्यु
झापामा खेल्ने क्रममा पोखरीमा डुबेर शुक्रबार साँझ एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकामा डा न. ३ बस्ने लोक बहादुर तामाङको छोरा ९ वर्षीय कृष्ण तामाङको बाह्दशी गाउँपालिका वडा नं. २ किरात टोल नजिकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
वैदेशिक रोजगारीका नाममा ठगी उद्धारका लागि अपिल
सुनसरीबाट वैदेशिक रोजगारीका लागि दुबई पुगेका तीन युवाले आफूहरूलाई रोजगारदाताले शारीरिक तथा मानसिक यातना दिएको गुनासो गरेका छन् । सरसफाइको काम
सिँगारिँदै अन्तु र कन्याम
नेपाली नयाँ वर्ष २०८२ का अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भएपछि अन्तु र कन्याम धमाधम सिँगारिँदै छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिज
फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित
सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते सुनकोसीमा आएको बाढीले बगाएको पुल पुनर्निर्माणका लागि ३५ करोड बजेट सुनिश्चित भएको हो ।
राजदूतको स्वागतमा अन्तु–कन्याम सिङ्गारिँदै
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ ।
विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान
ताप्लेजुङको फुङलिङ नगरपालिकाको एक विद्यालयलाई निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराइएको छ ।
धरानमा १० औं बास्केटबल ट्यालेन्ट हन्ट हुने
१० औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प यहि वैशाख ३ गतेदेखि सुरु हुने भएको छ ।
सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक
दिङ्बोचे, चैत २९ गते । मौसम खुलेपछि शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक । तस्बिरः रासस
रेडपाण्डा तथा थार महोत्सवको तयारी पूरा
‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ ।
अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो ।
कोशी पर्यटन वर्ष घोषणा : उत्साहित पर्यटन व्यवसायी
कोशी प्रदेश सरकारले बुधबार २०८२ लाई कोशी पर्यटन वर्षका रूपमा घोषणा गरेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गुराँसको राजधानी टिएमजे क्षेत्रको तेह्रथुमस्थित आरआर गा
नीलतुथो अर्जुनक
ताप्लेजुङ, चैत २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा देखिएको नीलतुथो अर्जुनक चरा । तस्बिरः रासस
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
खोटाङ, चैत २९ गते । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो । यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।
तयार भयो सगरमाथा चढ्ने बाटो
यस वर्षको वसन्त ऋतु (स्प्रिङ सिजन) मा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा छ जना आइसफल डाक्टरसहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।
बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते
रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
बाढीले निर्माणाधीन पक्की पुलमा क्षति
बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।
ओखलढुङ्गामा चट्याङले पाँच जना घाइते
ओखलढुङ्गाको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका ४६ वर्षका हर्क श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर सुनुवार चट्याङ लागेर घाइते हुनुभएको हो ।
धनकुटामा कोप्चे उत्सव हुने
चैत ३१ गतेबाट धनकुटामा तेस्रो कोप्चे उत्सव हुने भएको छ ।
पाथीभरा दर्शनार्थीलाई स्वागत गर्दै लालीगुराँस (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँस फुल्ने मौसम भएसँगै पाथीभरा क्षेत्रमा ढकमक्क गुराँस फुलेको हो ।
‘मुलुक बनाउन सहकार्य’
पूर्वअर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।