सामुदायिक बिउ बैङ्कहरू सङ्कटमा
सरकारी निकायले बेवास्ता गर्दा कोशी प्रदेशका सामुदायिक बिउ बैङ्कहरू सञ्चालन नहुने अवस्थामा पुगेका छन् ।
देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा
सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ ।
सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो ।
धरान फाइट नाइट वैशाख १२ मा हुने
धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ ।
फक्ताङलुङ गाउँपालिकाका विद्यालयलाई योजना सञ्चालनमा रोक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक लगाएको छ ।
बालमैत्री स्थानीय तह बन्दै सोलुदूधकुण्ड
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री, सुरक्षित कार्यस्थल र सेवाप्रवाहसम्बन्धी तीन दिने क्षमता विकास कार्यक्रम गरिएको छ ।
कोशी प्रदेश पर्यटन वर्षको उदघाटन प्रधानमन्त्रीले गर्नुहुने
कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ ।
मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा. डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ ।
जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने
ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ ।
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
‘राजतन्त्रको औचित्य छैन’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताउनुभएको छ ।
५० मेगावट क्षमताको हाइड्रोपावरको काम अन्तिम चरणमा
ताप्लेजुङमा निर्माणधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माणका कार्य अन्तिम चरणमा पुगेको हो ।
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल ।
अघि बढ्यो नगरपालिकाको नाम छोटो बनाउने प्रस्ताव
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम लामो भएको भन्दै छोटो बनाउने प्रस्ताव अघि सारिएको छ । नगरपालिकाको नाम छोटो बनाउन छलफल अघि बढाउने निर्णय गरेको छ ।
फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा
पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
कानेपोखरीमा जग्गा नापजाँच सुरु
भूमि समस्या समाधान आयोग, मोरङले जिल्लाको कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु गरेको छ । शनिबारदेखि वडा नम्बर ७ को प्रोगेसिप टोलबाट जग्गाको नापजाँच सुरु गरिएको कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताउनुभयो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय भवन उद्घाटन
ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइननजिक निर्माण भएको नयाँ भवनको महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयले सोमबार उद्घाटन गर्नुभएको हो ।
आठराई त्रिवेणी पालिका पूर्ण खोप सुनिश्चित घोषणा
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमसाथ पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
बाम एकताको खाँचो : पूर्व प्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा बाम शक्तिहरुबिच एकताको खाँचो रहेको बताउनुभएको छ ।
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते
कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् ।
कोलेनिकाको नवनिर्मित भवन उद्घाटन
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा
शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ ।
ताप्लेजुङका स्थानीय तहद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।