राधा लुइटेल
फिदिम, चैत २५ गते । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा नरेन्द्रप्रसाद अधिकारीको प्यानल निर्वाचित भएका छन् । प्रतिस्पर्धी रेखा इङनाम लावतीको प्यानलाई हराउँदै अधिकारीको प्यानल विजयी भएको हो ।
अध्यक्ष पदमा अधिकारीले लावतीलाई पाँच सय १० मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । निर्वाचनमा नौ सय ६६ मत खसेको थियो । जसमध्ये आठ सय ९८ मत मात्रै सदर भएको मुख्य निर्वाचन अधिकृत खगेन्द्र बास्कोटाले बताउनुभयो । अधिकारीले सात सय चार मत प्राप्त गर्दा इङनामलाई एक सय ९८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
त्यस्तै संघको उपाध्यक्षमा दिपेश गुप्ता, सूर्यकुमार मगर, शिव अधिकारी र उमानाथ अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेश काफ्ले निर्वाचित हुनुभएको छ । महासचिव पदमा भने चन्द्रप्रसाद काफ्ले निर्विरोध निर्वाचित हुनु भएको थियो ।
सदस्यहरुमा भिमबहादुर कार्की, योगराज सेढाई, निर्मल श्रेष्ठ, याम ढुङ्गाना, केशव पौडेल, भविन मोक्तान, तिलरुपा पोखरेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदन कालिकोटे र नारायण दाहाल तथा महिला सदस्यमा चन्द्रकला थापा निर्वाचित हुनुभएको छ ।