अरिङ्गालले टोकेर घाइते भएका लिम्बूको मृत्यु
अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ।
पुर्खौली फल सरिफा बेचेर आम्दानी गर्दै आठपहरीया
जङ्गलमा पाइने सरिफा फललाई ब्यवसायीक खेती गरी बिक्रि गरेर धनकुटाका किसानले आम्दानी लिन थालेका छन् ।
वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङमा, खोजी गर्दै वडाबासी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्। विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।
निषेधित क्षेत्रमा पूर्व मुख्यमन्त्रीको अनशन
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेकै ठाउँमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गर्नुभएको छ।
कोशी प्रदेश सभाका सांसदलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ ।
विद्यार्थी बेहोस हुन थालेपछि कक्षा बन्द
अचानक विद्यार्थी बेहोस हुन थालेपछि सुनकोशी गाउँपालिका-५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ।
देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छः मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताउनुभएको छ । गृहजिल्ला सङ्खुवासभामा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान गरिएको छ ।
तुइनको त्रास कायमै
केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो, तुइन । यो वर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो ।
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिनुभयो ।
तरकारी उत्पादनमा धनकुटा अग्रणी
पछिल्लो समय धनकुटामा तरकारी खेतीप्रतिको आकर्षण बढ्दो छ । बजारको सहज पहुँच, सडक विस्तारलगायतका कारण मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशी पहाडी जिल्लामै अग्र स्थानमा देखिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ९८१ हेक्टरमा तरकारी उत्पादन भएकोमा गत आवमा पाँच हजार ९९७.२० हेक्टर व्यावसायिक तरकारी खेती भएको छ । यहाँ अघिल्लो आवमा एक लाख ३३ हजार ५९५.५० मेट्रिक टन तरकारी उत्पादन भएकोमा गत आवमा एक लाख ३७ हजार ४४८ मेट्रिक टन उत्पादन भएको छ । तरकारी उत्पादनको यो परिमाण कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा बढी भएको रहेको केन्द्रले जनाएको छ ।
छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित
सुनसरीको दुहवीमा छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित बनेका छन्। दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदूषणको दुर्गन्धले स्थानीयबासीलाई असर गरेको भन्दै आन्दोलित बनेका हुन्।
सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताउनुभएको छ ।
बिपी कोइरालाको सालिक निर्माण गरिने
ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण गरिने भएको छ । नेपाली कांग्रेस ताप्लेजुङको अगुवाइमा सदरमुकाम फुङ्लिङमा स्वर्गीय कोइरालाको सालिक निर्माण गरिने भएको हो ।
नेपालटार-मङ्गलबारे सडक मर्मत गर्न माग
इलामको नेपालटार–मङ्गलबारे कालोपत्रे सडक हिलाम्य भएपछि स्थानीय उपभोक्ताहरू सडक मर्मतको माग गर्दै सदरमुकाम आएका छन् । करिब दश वर्ष अगाडि कालोपत्रे गरिएको उक्त सडक अहिले हिलाम्य भएपछि नेपालटार–मङ्गलबारे आवतजावतमै समस्या भएको हो ।
सकियो माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक
नेकपा (माओवादी केन्द्र) को १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो ।
मातृ शिशु अस्पताल कात्तिकमा सुचारु हुन्छ : उपकुलपति डा. गिरी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ४ सय शय्याको मातृ शिशु अस्पताल आगामी कात्तिक महिनासम्ममा सुचारु हुने बताउनुभयो ।
ऊर्जामन्त्री खड्का गृह जिल्लामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृह जिल्ला सङ्खुवासभा आइपुग्नुभएको छ । उहाँ मन्त्री भएपछि पहिलो पटक बुद्ध एयरको जहाजमार्फत गृह जिल्ला आउनुभएको हो ।
बेवारिसे एक व्यक्तिको उद्धार
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।
सडक भत्किन थाल्यो, छोपिएन नाला
निर्माण कम्पनीले मोरङको कानेपोखरी– रङ्गेली हुलाकी सडक २०७७ सालको चैत १८ गते समुदायलाई हस्तान्तरण ग¥यो । कानेपोखेरी गाउँपालिकाका तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेले सडक उद्घाटन गर्नुभएको थियो ।
कोर्न छाडिए थारू लोककला मौख
काठ, बाँस, भाटा, खर, पराल र माटोले लिपपोत गरेर बनाइने थारू बस्तीका घरका भित्तामा बनाइने लोककला मौख लोपोन्मुख अवस्थामा पुगेको छ । पूर्वी नेपालका सुनसरी, मोरङ, झापा र सप्तरीका थारू बाहुल्य बस्तीका घरका भित्तामा परम्परागत रूपमा यस्ता लोककला बनाइँदै आइएका थिए ।
डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।
कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाइने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र आवश्यक योजना ल्याउने बताउनुभएको छ ।
क्यान्सर पीडितलाई एक लाख ७८ हजार सहयोग
पाँचथरको हिलिहाङ गाउँपालिका–७ की एक महिलालाई क्यान्सरको उपचार गर्न एक लाख ७८ हजार ९ सय दुई रुपियाँ सहयोग जुटेको छ।