मध्यपूर्वमा बढ्दो तनावका बीच जोर्डनका विदेशमन्त्रीको इरानमा वार्ता
हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरान र इजरायलबीच तनाव बढ्ने आशङ्का बढ्दै गएपछि जोर्डनका विदेशमन्त्री अयमान सफादीले आइतबार इरानका अधिकारीहरूसँग वार्ता गर्नुभएको छ ।
आफ्ना नागरिकलाई लेबनान छोड्न फ्रान्सको आग्रह
इजरायल र हिजबुल्लाहबिच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबिच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
चीनद्वारा घरायसी खपत बढाउने योजना जारी
चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ ।
इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा चार प्यालेस्टाइनीको हत्या
उत्तरी वेस्ट बैंक सहर तुलकर्म नजिकै एउटा गाडीलाई लक्षित गरी इजरायली ड्रोनको आक्रमणमा परेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ। प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफालेका अनुसार आक्रमण लगत्तै चार जनाको मृयु भएको हो।
तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु : इजरायली चिकित्सक
इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
मङ्किपक्स सङ्क्रमण अत्यधिक मात्रामा वृद्धि
यस वर्षसम्म मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।
बङ्गलादेशका विद्यार्थीद्वारा राष्ट्रव्यापी नागरिक अवज्ञाको घोषणा
प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् ।
ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपतीय उम्मेदवार
आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ ।
चीनमा पुल भत्किदा पाँचजना बेपत्ता
दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
स्विडेनद्वारा लेबनानस्थित दूतावास बन्द
स्विडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको शनिबार जनाएको छ । हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना पछि दूतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
छुरा आक्रमणलाई लिएर इङ्ल्याण्डको अर्को सहरमा हुलदङ्गा
उत्तरपूर्वी इङ्ल्याण्डकोे सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।
मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै अमेरिका
यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।
जोर्डन र लक्जमवर्गद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह
जोर्डन र लक्जमवर्गका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा गाजापट्टीमा तत्काल र स्थायी युद्धविराम र प्रारम्भिक मितिमा क्षेत्रीय तनावलाई कम गर्न आग्रह गरेका छन् ।
रुसमा भवन भत्किँदा चार जनाको मृत्यु
रुसको निज्नी टागिल सहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ ।
गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी एक लाख ७५ हजारको मृत्यु
विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।
जापानको इतिहासमै अधिकतम तापक्रम मापन
जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ ।
भारतमा बाढीका कारण २१ जनाको मृत्यु
भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले २१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । साथै ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिद्वारा रिहा भएका नागरिकलाई स्वागत
रूससँगको कैदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उहाँहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।
फिलिपिन्सस्थित चाइनाटाउनमा आगलागी : ११ जनाको मृत्यु
फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह
संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गर्नुभएको छ । दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताउनुभयो ।
अरब लिग प्रमुखद्वारा क्षेत्रीय आन्दोलनको चेतावनी
अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले अरबका क्षेत्रमा खतरनाक इजरायली आक्रमण हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
इराकको बाबिल प्रान्तमा आक्रमणः चार जनाको मृत्यु
इराकको बाबिल प्रान्तमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । जसमा अहमद नजम अब्दुल–जाहरा नामक कमाण्डरसहित चार लडाकुको मृत्यु भएको हो ।
भेनेजुएलामा रहेको अजेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा
अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको छ ।
विश्व बैंकद्वारा ‘मध्यम आयको जाल’ बाट बच्न मार्गचित्र प्रस्तुत
विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’ मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैङ्कले सो कुरा बताएको हो ।