• १९ साउन २०८१, शनिबार

जोर्डन र लक्जमवर्गद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह

blog

जोर्डन, साउन १९ गते । जोर्डन र लक्जमवर्गका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा गाजापट्टीमा तत्काल र स्थायी युद्धविराम र प्रारम्भिक मितिमा क्षेत्रीय तनावलाई कम गर्न आग्रह गरेका छन् ।

जोर्डनका विदेशमन्त्री अयमान सफादी र लक्जेम्वर्गका उपप्रधानमन्त्री तथा विदेश मामिला तथा विदेशी व्यापारमन्त्री जेभियर बेटेलबिचको संयुक्त पत्रकार सम्मेलनमा उक्त बयान दिइएको हो ।

सफादीले मध्यपूर्वमा वर्तमान शीर्ष प्राथमिकता इजरायली आक्रमण रोक्न, मानवीय विपत्तिको अन्त्य गर्ने र विनाशकारी वृद्धिलाई रोक्नु रहेको बताइएको छ । जोर्डनका मन्त्रीले हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहको हत्याको निन्दा गर्दै यस हत्याले क्षेत्रीय युद्धको विस्तार गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नकारात्मक असर पार्ने उल्लेख गर्नुभयो ।

सफादीले लेबनानमा इजरायलको आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सुरक्षा परिषदबाट तत्काल र ठोस कदम चाल्न आह्वान गर्नुभयो ।

आफ्नो पक्षबाट बेटेलले लक्जमवर्ग गाजामा युद्ध रोक्न, युद्धविराम हासिल गर्न र दुई–राज्य समाधान लागू गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल