मध्यपूर्वका सबै पक्षलाई ‘उत्तेजक कार्य रोक्न’ अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह
मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गर्नुभएको छ ।
कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प
कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ ।
जुवा खेल्ने अस्ट्रेलियालीको सङ्ख्या बढ्दै
जोखिमपूर्ण स्तरमा जुवा खेल्ने अस्ट्रेलियालीहरूको सङ्ख्या बढ्दै गएको नयाँ तथ्याङ्कले देखाएको छ । नयाँ प्रतिवेदनअनुसार अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) मा जुवा अनुसन्धान केन्द्रद्वारा प्रकाशित गरिएको थियो ।
पर्यावरण, युद्ध र प्राकृतिक सङ्कटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी सङ्कटको सामना गर्न एसियाली देशहरूबिच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
जापानमा हिटस्ट्रोक अलर्ट जारी
जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हिटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीको लहरले केही क्षेत्रहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ ।
इटालीमा गर्मीको लहर तीव्र, १३ शहरमा रेड अलर्ट
इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ ठुला शहरमध्ये १३ वटामा रेड अलर्ट जारी गरेको छ । तातो र सुख्खा मौसमले स्वस्थ व्यक्तिलाई समेत स्वास्थ्य जोखिममा पार्ने सङ्केत गरेको छ ।
दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५१ पुग्यो
भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।
‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु
इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् । बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।
भारतको केरलामा भीषण वर्षा : पहिरो परी ९३ जनाको मृत्यु
दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।
जापानको बेरोजगारी दरमा सुधार
जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।
बङ्गलादेशका प्रदर्शनकारीहरू विरुद्ध ‘अत्यधिक बल’ प्रयोग गरेकोमा ईयूको चिन्ता
कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बङ्गलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक’’ बल प्रयोगको निन्दा गर्नुभएको छ ।
नेपालको समृद्धिमा चीन शुभेच्छुक : राजदूत सोङ
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीन सरकारले नेपालको आर्थिक विकास र समृद्धिका लागि शुभेच्छुक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन
चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।
रेल दुर्घटना दुई जनाको मृत्यु, २० घाइते
भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलबार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
बेलायतमा भएको छुरा आक्रमणमा दुई बालबालिकाको मृत्यु, नौ घाइते
उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरा आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु
भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्यसञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।
भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु
भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायली सैनिक पक्राउ
हिरासत शिविरमा प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायलको सेनाले सैनिकहरुमाथि अनुसन्धान सुरु गरेको छ ।
उज्वेकिस्तानको अन्न उत्पादन ६.६ प्रतिशतले बढ्यो
सन् २०२४ को पहिलो छ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ ।
अमेरिकी सर्वोच्च अदालतमा व्यापक सुधार गर्न बाइडेनको आह्वान
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अन्तिम छ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा सोमबार रूढिवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको अनावरण गर्नुभएको छ ।
विश्वव्यापी अस्थिरता व्यवस्थापनमा चीन महत्त्वपूर्ण मध्यस्थकर्ता’
विश्वव्यापी तनाव व्यवस्थापनमा चीन ‘महत्त्वपूर्ण मध्यस्थकर्ता’ भएको इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा बताउनुभएको छ ।
रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी
युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।
अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च
अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।
चीनमा चालकविहीन सरसफाइका सवारीसाधन सडकमा
जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाइ सवारी साधनहरू खटाइएको छ । चालक विहीन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ ।