युक्रेनी पूर्व सांसदको गोली हानी हत्या
युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।
विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु
माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् ।
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द
बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबिचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ । आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ गरिएको छ ।
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस फेला
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् ।
रुसमा रोकिएका एयर इन्डियाका यात्रु सान फ्रान्सिस्को प्रस्थान
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो ।
उज्वेकिस्तान र किर्गिस्तानले व्यापार दुई अर्ब अमेरिकी डलर पुर्याउने
उज्वेकिस्तान र किर्गिस्तानले द्विपक्षीय व्यापार दुई अर्ब अमेरिकीमा पुर्याउने योजना बनाएका छन् ।
टर्कीको जङ्गलमा लागेको आगो नियन्त्रणमा
टर्कीका विभिन्न प्रान्तमा लागेको डढेलो नियन्त्रणमा आएको देशका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले बताउनुभएको छ ।
चीनमा पुल खस्दा ११ जनाको मृत्यु , ३० बेपत्ता
उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ ।
आइटी खराबीपछि टर्किस एयरलाइन्सका ८४ उडान रद्द
प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।
बङ्गलादेशमा समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण
एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
संसारभरका उडान, मिडिया र बैंक प्रभावित
प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ ।
प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी
बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् ।
जेडी भान्सद्वारा अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्ताव स्वीकार
जेडी भ्यान्सले रिपब्लिकन पार्टीबाट अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्तवलाई स्वीकार गर्नुभएको छ । विस्कन्सिनको मिलवाउकीमा चलिरहेको रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपतिको उम्मेवार बन्ने प्रस्तावलाई स्वीकार गर्नुभएको हो ।
राष्ट्रपति बाइडेनलाई श्वासप्रश्वासमा हल्का समस्या
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ ।
इजिप्टको कुल बजेट घाटा १०.५ बिलियन अमेरिकी डलरमा झर्यो
इजिप्टको कुल बजेट घाटा गत आर्थिक वर्षको ६१० अर्ब इजिप्टियन पाउण्डको तुलनामा सन् २०२३/२०२४ मा सम्पन्न आर्थिक वर्ष २०२३/२०२४ मा ५०५ अर्ब इजिप्टियन पाउण्ड (लगभग १०.५ बिलियन अमेरिकी डलर) मा झरेको इजिप्टका अर्थमन्त्री अहमद कौचौकले बताउनुभएको छ ।
भारतको जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको २०२४–२५ का लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।
भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प
पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ ।
बङ्गलादेशमा प्रदर्शनकारीले टेलिभिजनमा आगो लगाए
प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।
समलिङ्गी दम्पतीका लागि वैवाहिक बिमासम्बन्धी अधिकार सुनिश्चित
दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ ।
बैंककको होटलमा ६ जना विदेशी मृत फेला
बैंकक शहरको एउटा होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
गाजापट्टीमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष : युएनआरडब्लुए
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर वृद्वि
अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।
इजराइली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते
गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् ।