भारतका पूर्वविदेशमन्त्री सिंहको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
नयाँदिल्ली, साउन २७ गते । भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के. नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उहाँको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन भएको हो । काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषदमा विदेशमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो । रासस/एएनआई
पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा
शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ काँस्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु
हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ ।
अफगानिस्तानकी खेलाडी तलास पेरिस ओलम्पिकबाट अयोग्य घोषित
शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिकबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ ।
बङ्गलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा
बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ ।
युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु
रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ ।
बङ्गलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु
पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
गाजाको विद्यालयमा इजरायली हमला : एक सयभन्दा बढीको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सयसम्म पुगेको अनुमान गरेको छ ।
शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीव
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गर्नुभएको छ ।
टर्कीमा सवारी दुर्घटनामा १० जनाको मृत्यु
टर्कीको राजधानी अंकारामा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
ट्रम्प-ह्यारिसबिच सेप्टेम्बर १० बहस हुने
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबिच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उहाँहरू सेप्टेम्बर १० मा बहस गर्न सहमत हुनुभएको हो ।
आगामी साता बाइडेन र ह्यारिसले अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्दै
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलो पटक उहाँ र उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको चुनावी अभियानको संयुक्त नेतृत्व गर्नुहुने भएको छ ।
ब्राजिलमा विमान दुर्घटना : विमानमा सवार ६१ जनाको मृत्यु
ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।
पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर
सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
भारतका शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई जमानत
भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का एक शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई शुक्रबार जमानत दिएको छ ।
युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत
विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
जापानका प्रधानमन्त्री किशिदाद्वारा विदेश भ्रमण रद्द
जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्वविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गर्नुभएको छ ।
अफगानिस्तानको जीडीपी २.७ प्रतिशतले बढ्यो
अफगानिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) १४०२ देखि मार्च १९ को फारसी क्यालेण्डर वर्षको अवधिमा २.७ प्रतिशत वार्षिक रूपमा विस्तार भएको छ ।
इस्तानबुलबाट ३२ हजार सिरियाली स्वदेश फर्किए
यस वर्षको पहिलो सात महिनामा टर्कीको सबैभन्दा ठुलो शहर इस्तानबुलबाट करिब ३२ हजार सिरियाली आप्रवासी स्वदेश फर्किएका छन् । इस्तानाबुलका गभर्नर दाउट गुलले प्रवासी व्यवस्थापन गर्न शहरमा काम चलिरहेको प्रयास जारी रहेको बताउनुभयो ।
युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने
युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ ।
पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
२०२६ सम्म मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने टर्की केन्द्रीय बैंकको निर्णय
टर्कीको केन्द्रीय बैंकले २०२४, २०२५ र २०२६ का लागि आफ्नो वर्ष–अन्त मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने निर्णयको घोषणा गरेको छ ।
बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण
उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।
बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु
युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् ।