जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ ।
भारतको खुद्रा मुद्रास्फीति ३.५४ प्रतिशतमा घट्यो
भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ ।
टर्कीमा अज्ञात व्यक्तिद्वारा पाँच जनामाथि छुरा प्रहार
उत्तरपश्चिम टर्कीमा बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले पाँचमाथि छुरा प्रहार गरेका छन् ।
विश्वव्यापी तेल माग वृद्धि सुस्त
चीनमा कमजोर निर्माण र औद्योगिक गतिविधिका कारण वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी तेलको मागमा सुस्त वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले मङ्गलबार बताएको छ ।
हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकलाई आग्रह
अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
मयूर पकाएको भिडियो राख्ने भारतीय युट्युबर पक्राउ
भारतको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता
गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
इरानद्वारा इजरायलविरुद्ध सैन्य आक्रमणको धम्की रोक्ने पश्चिमी आह्वान अस्वीकार
इरानले गत महिनाको अन्त्यमा तेहरानमा भएको हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यामा संलग्न इजरायलविरुद्ध सैन्य आक्रमणको आफ्नो धम्की फिर्ता लिन भनिएको पश्चिमी आह्वानलाई अस्वीकार गरेको छ ।
बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि
बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस)ले सोमबार जनाएको छ ।
युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो
रूस र युक्रेनबिच बढ्दो द्वन्द्वका कारण पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ ।
भारत र अस्ट्रेलियाबिच समुद्री सुरक्षा वार्ता
भारत र अस्ट्रेलियाबिच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।
पाकिस्तानका पूर्व गुप्तचर प्रमुख सैन्य हिरासतमा
जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्व गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य हिरासतमा लिइएको सेनाले सोमबार घोषणा गरेको छ ।
रुवाण्डाका नवनिर्वाचित राष्ट्रपतिद्वारा चौथो कार्यकालका लागि शपथ ग्रहण
रुवाण्डाको राजधानी किगालीस्थित अमाहोरो स्टेडियममा आयोजित एक समारोहमा नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले चौथो कार्यकालका लागि रुवाण्डाको राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभएको छ ।
ह्वाट्सएपले प्रयोगकर्ता प्रोफाइलहरूमा सुधार गर्दै
ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ ।
विद्यालयमा इजरायली आक्रमण : ७५ शवको पहिचान
इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् ।
बङ्गलादेशमा ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव हुँदैछ : युनुस
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताउनुभएको छ ।
एथेन्सको जङ्गलमा आगलागी
एथेन्स नजिकैको जङ्गलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आइतबार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
रुस युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै
रुस र युक्रेनबिचको युद्धका क्रममा युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रुसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रुसी गभर्नरले सोमबार बताउनुभएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ ।
बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते
भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् ।
बङ्गलादेशमा अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ
बङ्गलादेशको अन्तरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताउनुभएको छ ।
पेरिस ओलम्पिक : ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काँस्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा
अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सयभन्दा बढि विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गर्नुभएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारका थप दुई सल्लाहकारद्वारा शपथ
बङ्गलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिनुभएको छ । बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथग्रहण गर्नुभएको हो ।