• ११ मंसिर २०८१, मङ्गलबार

टर्कीमा अज्ञात व्यक्तिद्वारा पाँच जनामाथि छुरा प्रहार

blog

टर्की, साउन ३० गते । उत्तरपश्चिम टर्कीमा बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले पाँच जनामाथि छुरा प्रहार गरेका छन् ।

राजधानी अङ्काराबाट करिब २३० किलोमिटर पश्चिममा रहेको एस्कीसेहिरमा भएको घटनापछि अर्दा के भनेर चिनिने १८ वर्षीय युवकलाई हिरासतमा लिइएको छ ।

आक्रमणकारीले मस्जिदको अगाडि एउटा क्याफेको आँगनमा बसेका पाँच जनालाई छुरा प्रहार गरेको र घटनालाई आफ्नो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको देशको डेली सबाले जनाएको छ ।

पाँच जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ भने दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

आन्तरिक मन्त्री अली येर्लिकायाले स्थानीय प्रहरीले आक्रमणको अनुसन्धान सुरु गरेको बताउनुभयो । परिवार तथा सामाजिक सेवामन्त्री महिनुर ओज्देमिर गोक्तासले घटनाका कारण खेलको लत रहेको र आक्रमणकारी युद्ध भिडियो गेमको प्रभावमा रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल