• १६ भदौ २०८१, आइतबार

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

blog

फाइल तस्बिर

जेहनाबाद, भारत, साउन २८ गते । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो  ।  

घटनाको पुष्टि गर्दै जेहनाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनुभएको छ । भागदौड कसरी सुरु भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहनाबादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले  जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताउनुभएको छ । 

उहाँहरुका अनुसार शवहरु पोस्टमार्टमका लागि पठाइँदैछ । यसैबिच, जेहनाबादका प्रहरी अधिकारी विकास कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उचित सुरक्षा व्यवस्था  हुँदाहुँदै पनि दुःखद घटना हुन पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ । रासस/एउनआई