• १९ साउन २०८१, शनिबार

रुसमा भवन भत्किँदा चार जनाको मृत्यु

blog

रुस, साउन १९ गते । रुसको निज्नी टागिल सहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ ।

रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको सहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ ।

भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ । घटनापछि निजनी तागिलको ज्र्जिन्स्की जिल्लामा सङ्कटकाल घोषणा गरिएको छ ।

सुरक्षाका मापदण्ड पूरा नगर्ने सेवा वा कामको प्रावधानलाई लिएर अनुसन्धान समितिले फौजदारी मुद्दा चलाएको छ । सिन्ह्वा /न्यूज एजेन्सी नेपाल