• १८ साउन २०८१, शुक्रबार

भारतमा बाढीका कारण २१ जनाको मृत्यु

blog

देहरादून, साउन १८ गते । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले २१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । साथै ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तीर्थयात्रीको हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् । अस्वाभाविक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् ।

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोदकुमार सुमनले बताउनुभएको छ । 

हिन्दू धर्मावलम्बी लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको  स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको  सुमनले बताउनुभयो । रासस/एएफपी