डेङ्गी नियन्त्रणमा सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
मुलुकभर डेङ्गीको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
गोरखामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गोरखा नगरपालिकामा निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि
ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो।
‘मौसमजन्य रोगबाट बालबालिकालाई यसरी जोगाऔँ’
आनन्दवन अस्पतालका बालरोग विशेषज्ञ डा.कालेबकुमार बुढाले वर्षायामको मौसममा बान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्ने लगायतका समस्या लिएर बालबालिका अस्पताल पुग्ने बताउनुहुन्छ ।
‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै
बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण बढ्दै गएको छ ।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी पाठ्यक्रम तयार पार्नुस्’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।
स्याङ्जा अस्पतालमा बालरोग सघन उपचार सेवा
गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा(आइसीयू) औपचारिक रुपमा सुरु गरिएको छ ।
लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा दन्त चिकित्सा स्नातक तहको पनि अध्यापन हुने
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्ययन सुरु गरिन लागिएको हो ।
पोलियोविरुद्ध विशेष सतर्कता
नेपालमा सन् २०१० सेप्टेम्बरपछि पहिलो पटक काठमाडौँमा पोलियोको खोपबाट उत्पन्न टाइप तीन भाइरस (विषाणु) भेटिएको छ । निष्क्रिय तर जीवित भाइरस रहेको खोपमा लाखौँ बालबालिकाले सेवन गर्दा एक जनामा आन्द्रामा उत्परिवर्तित हुन सक्ने हुन्छ । यदि १० भन्दा बढी न्युक्लाटाइड परिवर्तन हुँदा संवेदनशील मानिन्छ । १३ जेठमा सङ्कलित नमुनामा जनस्वास्थ्य प्रयोगशालामा प्रासेसिङ तथा बैङ्ककको नेसनल इन्स्टिच्युट अफ हेल्थको सेल कल्चरलगायत प्रयोगशाला परीक्षण गर्दा २९ असारमा प्राप्त रिपोर्टमा यो पुष्टि भएको हो । त्यसपछिको अर्काे २२ जेठको नमुना नकारात्मक र थप अर्काे ४ असारको परिणाम आउन बाँकी छ ।
अन्ठानब्बे प्रतिशत फर्ममा समस्या
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०-८१ मा बजार अनुगमन गरेकामध्ये ९८.५३ प्रतिशत व्यवसायी फर्ममा कुुनै न कुुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असारसम्म उपत्यकामा अनुगमन गरेका चार हजार २६९ व्यवसायी फर्ममध्ये चार हजार २०६ वटा व्यवसायी फर्ममा केही न केही कैफियत (त्रुटि) भेटिएको हो । अनुुगमनका क्रममा सामान्य अवस्थामा रहेका व्यवसायी फर्मको सङ्ख्या जम्मा ६३ वटा मात्रै रहेको विभागले जनाएको छ ।
राजघाट आयुर्वेद अस्पताल ४१ वर्षपछि नयाँ भवनमा
मोरङको उर्लाबारी–८ स्थित राजघाट आयुर्वेद औषधालय आइतबार नयाँ भवनमा सरेको छ ।
१६ सयभन्दा बढीमा डेंगु पुष्टि
देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
दस वर्षपछि फेरि भेटियो पोलियो भाइरस
नेपालमा पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप र उपलब्ध स्रोत साधन प्रयोग गरेर दुई समूहमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
‘विकासका लागि सबै एकताबद्ध हुनुपर्छ’
पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
गोरखामा १७९ औं पटक रक्तादान गर्ने सम्मानित
गोरखामा १७९ औं पटक रक्तदान गर्ने एक जना सम्मानित भएका छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको आयोजनामा अहिलेसम्मकै धेरै पटक १७९ औं पटक रक्तादान गर्ने रक्तादाता प्रेम सागर कर्मचार्यलाई गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानामगरले खादा र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।
दीर्घ रोगी कैदीबन्दीद्वारा निःशुल्क औषधीको माग
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँले कारागारमा पुगेर विभिन्न रोग लागि बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो ।
आमा सुरक्षा कार्यक्रम बन्द हुँदा सुत्केरी–शिशु सेवाबाट वञ्चित
लुम्बिनी मेडिकल कलेजमा सञ्चालन भएको आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । सरकारको मापदण्ड अनुसार तोकिएको रकम नपाएको भन्दै लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनले २०८१ असार मसान्तदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नगरेको हो ।
सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार
सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका-६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढी लाभान्वित
नवलपुरको देवचुली नगरपालिका–१ केउरानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नौ सय ३० जना लाभान्वित भएका छन् ।
पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
बिमाको औषधी पाउनै मुस्किल
सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ ।
मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटियो
परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा पोलियो मुक्त घोषण भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिनुभयो।