सुदूरपश्चिममा ६२० जनालाई स्क्रब टाइफस
सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।
सर्पका बिरामी बढे, छैनन् चिकित्सक
सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीया सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ ।
आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
काठमाडौँमा लक्ष्यभन्दा बढीले लगाए पोलियोविरुद्धको खोप
पोलियोविरुद्धको खोप अभियानमा लक्ष्यभन्दा पनि बढी बालबालिकाले खोप लगाएको पाइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताउनुभएको छ ।
सुत्केरीलाई कोसेली : लोकल कुखुराको भाले र घिउ
महिला सुत्केरी भएको समयमा झोलिलो र पोसिलो खाना आवश्यक पर्ने भन्दै यहाँका एक स्थानीय तहले सुत्केरी भेट्न जाँदा लोकल भाले लिएर जाने नियम बनाएको छ ।
अस्पताल भवन निर्माणमा ढिलासुस्ती
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माणका लागि फेरि म्याद थप भएको छ ।
अपाङ्गता व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रभावकारी बन्दै
अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमले यस क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
प्रभावकारी बन्दै 'विद्यालय नर्स सेवा'
नुवाकोटको बिदुर नगरपालिका १ स्थित सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सञ्चालित विद्यालय नर्स सेवा प्रभावकारी बनेको छ।
काठमाडौँ थप तीन जनामा हैजा पुष्टि
काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो ।
नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन
नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन भएका छन् ।
‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा’
नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन सुझाव
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
एकीकृत स्वास्थ्य प्रणाली आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरवृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।
बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा
राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा प्रवेश गरेको छ ।
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
दाङमा बढ्दै डेङ्गुका बिरामी
दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र लमहीमा रहेको लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा प
वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण
नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २
प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार
नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो ।
जहाज दुर्घटना : क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार
काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका क्याप्टेन मनिसरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ।
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् ।
व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण
तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।