एकै दिन ३५ सय जनाले कोभिडविरुद्धको खोप लगाए
अमृतप्रसाद पौडेलबेनी, वैशाख १६ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाभित्र सञ्चालित कोभिड–१९ विरुद्धको भ्याक्सीनेसन शिविरमा एकै दिन ३५ सयभन्दा बढीले खोप लगाएका छन् ।बेनी नगरपालिकाले बैशाख १३–१५ सम्म सञ्चालन गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिनेसन शिविरको अन्तिम दिन मात्रै ३ हजार पाँचसय ५ जनाले भ्याक्सिन लगाएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज शर्माले बताउनुभयो । तेस्रो तथा अन्तिम दिन तीन हजार पाँचसय पाँच जनाले भ्याक्सिन लगाएको भएपनि ३ दिन सम्ममा कुल ७ हजार ५९ जनाले भ्याक्सीन लगाएका थिए । म्याग्दीमा यस पटक बेनी नगरपालिकाले मात्रै कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएको शर्माले बताउनुभयो । शिविरका क्रममा अहिलेसम्म एक डोज पनि नलगाएका २५ जना, पहिलो डोज लगाएर दोस्रो डोज नलगाएका २ सय ९६ ले पनि भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।
बेलहिया नाकामा एक पुरुषमा कोरोना पोजेटिभ
कपिल ज्ञवाली सिद्धार्थनगर, बैसाख १६ गते । भारतबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीको बेलहिया नाकामा एन्टीजेन परिक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले गोरखापत्रलाई जानकारी दिनुभयो । पोजेटिभ केस चैत्र ५ देखि देखिएको थिएन, आज देखियो सर्तक हुन आवश्यक छ, उहाँले भन्नुभयो । झण्डै डेढ महिनापछि पोजेटिभ केश भेटिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।
बी.पी. प्रतिष्ठान धरानमा डायलिसिस बेड थप
निशा राईधरान , वैशाख १६ गते । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डायलिसिस मेसिन, बेडहरु थप गरिएको छ । नयाँ २० बेड र डायलिसिस सामग्रीहरुको उपकुलपति डा. ज्ञानेन्द्र गिरिले नयाँ युनिटको उद्घाटन गर्नुभएको हो ।नयाँ भवन निर्माणसँगै थप गरिएको नयाँ बेडहरुलाई छुट्टै डायलिसिस युनिट स्थापना गरी इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलिसिस युनिटलाई विस्तारित गरिएको छ । युनिटलाई २० बेड क्षमताको बनाइएको बी.पी. कोइराला स्वास्थ् विज्ञान प्रतिष्ठान सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभयो । उद्घाटनको क्रममा उपकुलपति गिरिले बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस युनिटले थप मद्दत मिल्ने बताउनुभयो । प्रतिष्ठानमा मासिक करिब एक हजारको डायलिसिस हुने गरेको छ ।
२४ घण्टामा १५ जना कोरोना सङ्क्रमित थपिए
काठमाडौं, वैशाख १५ गते। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य छ। अहिले देशभर २४९ जना सक्रिय सङ्क्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख २५ हजार ४३ जनाले खोप लगाएका छन्।
आठ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
जोन्सन एण्ड जोन्सनको बुस्टर डोज खोप लगाउन आग्रह
सरकारले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।
नर्सिङ काउन्सिलद्वारा जिता बरालको नर्सिङ लाइसेन्स खारेज
नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) खारेज गरेको छ । मङ्गलबार बसेको बोर्डको बैठकले बरालको नर्सिङ लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।
मूत्रथैलीको क्यान्सर
सन् २०१८ को तथ्याङ्क हेर्दा विश्वमा करिब १६ लाख मानिस मूत्रथैलीको क्यान्सरबाट पीडित थिए । बर्सेनि करिब साढे पाँच लाख मानिसलाई यो क्यान्सर लाग्दछ भने करिब दुई लाख मानिसको यसकै कारण मृत्यु हुन्छ । प्रायः ६५ देखि ८५ वर्षको उमेर समूहका मानिसमा यो क्यान्सर लाग्ने गरेको पाइएको छ । तुलनात्मक रूपमा पुरुषवर्ग यस क्यान्सरबाट पीडित हुने गरेका छन् । दक्षिणी तथा पश्चिमी युरोप एवं उत्तर अमेरिकाका बासिन्दामा यो क्यान्सर बढी लाग्ने गरेको पाइएको छ ।
यौनशक्तिवर्धक वनस्पति
प्राचीन ग्रिसेली सभ्यतामा प्रेमकी देवी ‘अफरोडिट’ को चर्चा हुन्थ्यो । जसले समुद्रबाट निस्किएर ‘इरोस’ नामक देवलाई जन्म दिइन् । इरोसलाई राम्रो यौन सम्बन्धको प्रतीकका रूपमा बुझ्ने गरिन्थ्यो । यसै प्रतिकात्मक पौराणिक श्रुतिबाट ‘अफरोडिसिक’ अर्थात् यौनशक्तिवद्र्धक र बलवद्र्धक खानेकुराहरू भन्ने शब्द जन्मिएको मानिन्छ । पूर्वेली सभ्यतामा रसायन तथा वाजीकरण भनेर आयुर्वेदमा एउटा छुट्टै अध्ययन क्षेत्र वा विशेषज्ञ विभाग उल्लेख गरिएको छ । यसको तात्पर्य सम्पूर्ण शरीरको सुस्वास्थ्यको ऐनाका रूपमा यौन क्षमतालाई मानेर त्यसको विकास र समृद्धिका लागि आवश्यक सेव्य औषधि र उपायका बारेमा अध्ययन गर्ने हो ।
थप आठ जना सङ्क्रमित, १८ सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
थप १९ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।
दमौली अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न सम्झौता
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तनहुँको सदरमुकाम दमौली अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा प्रदान गर्न जनशक्ति खटाउने भएको छ । जनशक्तिको लागि प्रतिष्ठान र दमौली अस्पतालबीच शुक्रबार सम्झौता भएको छ ।
थप ११ जना सङ्क्रमित, २७ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।
थप १८ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो ।
पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जानु पाण्डेकपिलवस्तु वैशाख १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा पाठेघर खस्ने रोगको निःशुल्क शिविर सञ्चालन गरिएको छ । गाउँपालिका १ मा रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौलीमा शनिबार स्वास्थ्य शिविर सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा ग्रामीण क्षेत्र र विपन्न परिवारको महिलालाई लक्षित गर्दै उपचार सिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोेपालवहादुर थापाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा सिविर सञ्चालन गरिएको छ ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीका अनुसार पाठेघर खस्ने रोगका समस्या भएका महिलाको पहिचान गरी उपचारको व्यवस्था मिलाएको बताउनुभयो । महिला स्वास्थ्य स्वयम्सेविकासँग टोल टोलमा पुगेर पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरी उपचारको प्रवन्ध मिलाइएको छ । उपचारका लागि शिवराज अस्पताल र विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मी खटेका थिए ।
बाणगंगा कोभिड–१९ पूर्णखोप युक्त नगरपालिका घोषणा
कपिलवस्तुको बाणगंगा कोभिड–१९ पूर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । पालिकाका १२ वर्षमाथिका सबै ७२ हजार ८८९ जनाले खोप लगाएपछि पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको हो ।
रुपन्देहीको पूर्ण खोप सुनिश्चित पालिकाकाे रूपमा रोहिणी गाउँपालिका
सिद्धार्थनगर, वैसाख १० गते । रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । पालिकाका १२ वर्ष भन्दा माथिका नागरिकले कोभिड विरुद्धको खोप कम्तिमा दुई पटक लिएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिनुभयो । उहाँले पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको बताउनुभयो ।पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मी एवम महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदान सराहनीय रहेको बताउनुभयो ।
११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८ हजार ४८८ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँबराबरको स्वास्थ्य उपचार सेवा लिन सक्ने भएका हुन् ।
२४ घण्टामा नौ जना सङ्क्रमित थपिए, २५ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।
औषधिको गुणस्तरमा कुनै सम्झौता नहोस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन, बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्ने बताउनुभएको छ ।
सप्तरीमा ८० हजार बालबालिकाले लगाए टाइफाइडविरुद्धको खोप
सप्तरीका ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पहिलो चरणमा चैत २६ देखि ३० गतेसम्म ८० हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीसँग डब्ल्युएचओका महानिर्देशक टेड्रोसद्वारा शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
कोरोनाकाे जोखिम रहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध
काठमाडौं, वैशाख ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना महामारीको जोखिम कायम रहेको भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै सङ्ख्यात्मक रुपमा सङ्क्रमण कम भए पनि जोखिम कायमै रहेकाले सबैले सर्तकता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले भारतलगायतका छिमेकी राष्ट्रमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विज्ञप्तिमा ‘कोभिड—१९ को सङ्क्रमण दर भारतलायतका छिमेकी राष्ट्रमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायमै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’ उल्लेख गरिएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्न र समय पुगेकालाई बुस्टर डोज लगाउन अनुरोध गरेको छ।
१२ जना सङ्क्रमित, ३२ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।