• १२ साउन २०८१, शनिबार

कोरोनाकाे जोखिम रहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध

blog

काठमाडौं, वैशाख ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना महामारीको जोखिम कायम रहेको भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।  मन्त्रालयले विज्ञप्ति जारी गर्दै सङ्ख्यात्मक रुपमा सङ्क्रमण कम भए पनि जोखिम कायमै रहेकाले सबैले सर्तकता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले भारतलगायतका छिमेकी राष्ट्रमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा ‘कोभिड—१९ को सङ्क्रमण दर भारतलायतका छिमेकी राष्ट्रमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायमै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’ उल्लेख गरिएको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्न र समय पुगेकालाई बुस्टर डोज लगाउन अनुरोध गरेको छ।