• १२ साउन २०८१, शनिबार

२४ घण्टामा नौ जना सङ्क्रमित थपिए, २५ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख ९ गते । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, १५ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २५ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २९ हजार ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।