• १२ साउन २०८१, शनिबार

बाणगंगा कोभिड–१९ पूर्णखोप युक्त नगरपालिका घोषणा

blog

नारद कोहार
तौलिहवा, वैशाख १० गते ।
कपिलवस्तुको बाणगंगा कोभिड–१९ पूर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । पालिकाका १२ वर्षमाथिका सबै ७२ हजार ८८९ जनाले खोप लगाएपछि पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रजिअ मिश्राले बाणगंगा नगरबाट गरिएको अथक प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि पूर्ण खोपको अवस्था कायम राख्न नगरपालिका सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २९७ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पन्थी, महिला स्वास्थ स्वयंसेविका सन्जालको अध्यक्ष, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, स्वास्थ कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे, धर्मेन्द्र मिश्रलगायतले बाणगंगा कोभिड–१९ पूर्ण खोपयुक्त पालिका घोषणा भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।