• १२ साउन २०८१, शनिबार

१२ जना सङ्क्रमित, ३२ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख ८ गते । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, १४ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९८ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ३५ हजार ७२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।