• १२ साउन २०८१, शनिबार

थप १९ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख १२ गते । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, एक हजार १३३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।