अकुपन्चर विधिको उपचारप्रति बिरामीको आकर्षण बढ्दो
हाडजोर्नी दुख्ने हड्डी सम्बन्धी बिरामीका लागि पहिलो पटक सञ्चालन भएको अकुपन्चर विधिबाट उपचार गराउन बिरामीको आकर्षण बढेको छ । बिहीबारबाट सुरु भएको एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुरु भएको हो ।
काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण
काठमाडौंको गोकणेश्वर नगरपालिका–९ स्थित जोयो कदम्पा विद्यालयमा थप ६२ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएको छ ।
घुम्ती स्वास्थ्य शिविरबाट अपाङ्गता भएकाले सेवा लिए
कोहलपुर नगरपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा कोहलपुरमा अपाङ्गता भएका बालबालिकाका लागि घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
४० प्रतिशत बालबालिकामा पेट दुखाइको समस्या
बालबालिकामा देखिने स्वास्थ्य समस्यामध्ये पेट दुखाई सम्बन्धी समस्या प्रमुख बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतालका बाल शल्यचिकित्सक डा. गेहराज दाहालका अनुसार अस्पतालमा आएका मध्ये ३० देखि ४० प्रतिशत बालबालिका पेट दुखाइको समस्या देखिएको छ ।
स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।
जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।
भेरी अस्पताल यस वर्षपनि उत्कृष्ट
दैनिक सयौँ बिरामीहरूलाई उपचार सेवा पुर्याउँदै आएको भेरी अस्पताल नेपालगञ्जले न्यूनतम सेवा मापदण्डमा लगातार तेस्रो वर्ष उत्कृष्ट नम्बर ल्याउन सफल भएको छ ।
बिरामीको आकर्षण बन्दै सेती प्रादेशिक अस्पताल
आफैँ बिरामी जस्तो अवस्थामा रहेको सेती अञ्चल अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका रूपमा विकास गरेपछि यस अस्पतालको मुहार फेरिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका जनताको स्वास्थ्य उपचारसँग जोडिएको सेती प्रादेशिक अस्पतालले हरेक वर्ष सेवासुविधा बढाएसँगै उपचारमा आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ।
हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त
६५ वर्षदेखि नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।
दादुरा निवारण गर्न चुनौती
सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने नेपालको लक्ष्यमाथि चुनौती थपिएको छ । पाँच महिनाअघि नेपालगन्जबाट सुरु भएको दादुराले अहिले देशव्यापी रूप लिँदा चुनौती थपिएको हो । हाल काठमाडौँसहित सुर्खेत, बाँके, बर्दिया, कैलाली, बाजुरालगायतका जिल्लामा दादुराको प्रकोप फैलिएको छ ।
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ ।
आँखाको नानीमा नेपाल आत्मनिर्भर
आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैङ्कले बताएको छ।
बाह्र हजार पशु ‘लम्पि स्किन’ बाट सङ्क्रमित
प्रकोपको रूपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको जनाइएको छ । रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लामा लाखौँ मूल्यका १०२ दुहुनो गाई, हल गोरु मरेका छन् ।
झापामा लम्पी स्किनबाट दुई सय पशु मरे: १९ हजार बढी सङ्क्रमित
झापामा लम्पी स्किनबाट अहिलेसम्म दुई सय पशु चौपाया मरेका छन्। १९ हजार पशु सङ्क्रमित भएको जिल्ला पशु सेवा केन्द्र झापाले जनाएको छ।
बालबालिकालाई दादुरा रोग विरुद्धको खोप
दाङमा बालबालिकाहरूलाई दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिना भन्दामाथि र १५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरेर आजदेखि खोप अभियान सुरु भएको हो ।
सिमकोटमा वृहत् एकीकृत स्वास्थ्य शिविर
हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि वृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । २०७६ सालमा सुरु भएको कोरोनापछि सो वृहत् एकीकृत स्वास्थ्य शिविर बिहीबारबाट सुरु भएको हो ।
ठेउला फैलिएपछि विद्यालय बन्द
ठेउला (चिकन पक्स) को सङ्क्रमण फैलिएको वालिङ नगरपालिका १२ कोखेको विद्यालय बन्द गरिएको छ । सङ्क्रमण समुदायमा फैलन नदिनका लागि एक हप्ताका लागि विद्यालय बन्द गरिएको र भेटघाटमा समेत कडाइ गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
सिकलसेलका बिरामी पत्ता लगाउने अभियान तीव्र
पश्चिम नेपालका विशेषगरी थारु समुदायमा जन स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियानलाई बाँकेमा तीव्र पारिएको छ ।
हुम्लामा लम्पी स्किन रोगबाट ९६१ पशु मरे
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९६१ पशु मरेको पाइएको छ ।
सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान
सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो ।
गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै
गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।
काठमाडौंमा एकै विद्यालयका चार जनामा दादुरा पुष्टि
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ ।
एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोग नगर्न सुझाव
एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।
वीर अस्पतालकी जोशी 'नाईटेङ्गल नर्सिङ अवार्ड-२०२३' बाट सम्मानित
“नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ ।