गरिबी कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
खार्पुनाथ गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन
बिरामीहरूलाई सेवा दिने उद्देश्यका साथ खार्पुनाथ गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको एम्बुलेन्सका पार्टहरू जडान कार्य भएपछि मङ्गलबारबाट सञ्चालनमा आएको हो ।
अन्नपूर्ण गाउँपालिका–१ मा पालिकास्तरीय अस्पताल निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –१ दोवामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो ।
आज विश्व रक्तदाता दिवस मनाइँदै
आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
दादुराबाट एक हजारभन्दा बढी मानिस सङ्क्रमित
दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ।
राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि गङ्गालाल अस्पतालमा
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जानुभएको छ।
स्याङ्जामा फैलियो ठेउलाको सङ्क्रमण
पहिलो पटक वालिङमा देखिएको ठेउला जिल्लाका वालिङ, पुतलीबजार, कालीगण्डकी, चापाकोट लगायतका पालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालमा समेत ठेउलाका ६ विरामी उपचारका क्रममा रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
सुत्केरीलाई र गर्भवतीलाई पौष्टिक आहार
गर्भवती, सुत्केरी र दुई वर्षभित्रका बालबालिकालाई हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिकाले पौष्टिक आहार वितरण गर्ने गरेको छ ।
पूर्णखोप सुनिश्चिता पालिका घोषित
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषित गरिएको छ । खोप कार्यक्रमअन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषित गरिएको हो ।
प्रधानमन्त्री पत्नी सीता दाहालको स्वास्थ्य परीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन सकियो
भेरी अस्पताल नेपालगञ्जले निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको रेबिज विरुद्धको भ्याक्सिन सकिएको जानकारी गराएको छ । अस्पतालले सोमबार सर्वसाधारणका लागि एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
सरसफाइको कमीले रोगको सिकार
हुम्लाका अधिकांश ग्रामीण क्षेत्रका महिला सरसफाइको कमीले गर्दा रोगको सिकार भएको पाइएको छ । उहाँहरूले शरीरको सरसफाइ नगर्दा अनेक रोगका सिकार हुनेगरेको अध्ययनले देखाएको छ ।
लम्पी स्किन राेग नियन्त्रण गर्न खाेप
स्याङ्जाको वालिङमा पशुहरूमा लम्पी स्किन देखिन थालेपछि भ्याक्सिन लगाउन सुरु गरिएको छ । देशका विभिन्न जिल्लाहरूमा फैलिएको लम्पी स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ ।
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ।
गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गर्भवती तथा सुत्केरी महिला र बेवारिसे व्यक्तिले निःशुल्क सेवा लिन पाउने छन् भने अन्य व्यक्तिको लागि सुलभ मूल्यमा एम्बुलेन्स उपलब्ध हुनेछ ।
अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थाले
गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा 'लू' का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
एकीकृत स्वास्थ्य शिविरमा दुई हजार बढी बिरामीको उपचार
जिल्लामा आयोजना गरिएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी बिरामीको उपचार भएको छ । जिल्ला अस्पतालमा सञ्चालन भएको विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएको हुँदा एक दिन पैदल हिँडेर बिरामीहरू उपचारका लागि आएका हुन् ।
तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?
नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ ।
वीरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र
वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापना एक साताका लागि वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यसाथ राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको जानकारी दिनुभयो।
लाख पुगे आँखादान गर्ने इच्छुक
नेपाल आँखा बैङ्कमा हालसम्म एक लाख जनाले मात्र मृत्युपश्चात् आँखादान गर्न इच्छा व्यक्त गरेका छन्। तिलगङ्गा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले भन्नुभयो, “आँखाका नानी दान गर्ने प्रण गरेका व्यक्ति तथा मृत्युपश्चात् हालसम्म सङ्कलित आँखाका नानीमध्ये १२ हजार ३४० व्यक्तिले आँखादानबाट प्राप्त आँखाले दृष्टि पाएका छन्।”
हजार नाघे दादुराका बिरामी
दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्। महाशाखाका निर्देशक डा. विवेककुमार लालले मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, चितवन, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराका बिरामी पुष्टि भएको जानकारी दिनुभयो।
सम्झनाको उपचारका लागि सहयोगको आग्रह
पाठेघर क्यान्सर पीडित तनहुँको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।